निर्माणाधीन हेटौडा–सिन्धुली–चतरा राजमार्गमा राजनीतिक दल र जनप्रतिनिधिको अवरोध
निर्माणाधीन हेटौडा–सिन्धुली–चतरा (मदन भण्डारी राजमार्ग) सडकको निर्माण कार्य अन्योल भएको छ ।
निर्माणाधीन हेटौडा–सिन्धुली–चतरा (मदन भण्डारी राजमार्ग) सडकको निर्माण कार्य अन्योल भएको छ ।
सेवानिवृत्त भएपछि अधिकांश उच्चपदस्थ सरकारी अधिकारी राजनीतिक नियुक्तिका लागि नेताको दैलो चहार्छन्। कपितय राजनीतिमा पनि होमिएछन्। तर एक पूर्व प्रशासक सेवानिवृत्त जीवनलाई कृषि कर्ममा तल्लीन छन्। पूर्वी नेपालको भोजपुरमा जन्मिएका गणेश राई सहसचिबबाट सेवानिवृत्त हुन्।
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राजनीतिक स्थायित्व, शान्ति र समृद्धिका लागि गम्भीर र जिम्मेवार बन्न सबैलाई आग्रह गरेका छन्। नयाँ वर्ष २०७८ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले राजनीतिक स्थायित्व नै देशको आवश्यकता भएको बताएका हुन्।
'अहिले राष्ट्रिय सहमति आवश्यक छ,' उनले भने, 'यहाँ प्रश्न सरकारको नेतृत्व कसले गर्छ भन्ने हैन, संविधानलाई बचाएर अघि बढ्ने हो। सहमति गरेर निर्वाचनको वातावरण बनाउनेतर्फ दलहरुको ध्यानाकर्षण गराउँछु।'
सामान्य जनले गरेका कमजोरीले उसको निजी जिन्दगी वा परिवारलाई असर पारे पनि समाज र देशलाई भने असर पार्दैन, तर शक्तिका टाकुरामा पुगेका, रहेकाले गरेका सामान्य कमजोरी, उदासीनता, अयोग्यताले समय र समाज मात्रै होइन, देश नै घायल हुन पुग्छ।
गृह मन्त्रालयले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू हुनुअघि घोषणा भई कोभिड–१९ का कारण वितरण हुन नसकेको विभूषणमात्रै यसपटक सुशोभन गरिएको स्पष्ट पारेको छ।
संवैधानिक सर्वोच्चता कायम गर्न ओलीलाई सत्ताच्युत गरी निसर्त नयाँ नेतृत्वसहित नयाँ सरकार गठन गरी चुनावको तयारीमा लाग्नु नै श्रेयष्कर हुनेछ। मुलुकको राजनीतिक निकासको स्थायी द्वार निर्वाचन नै हो।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोग ६/६ वर्षदेखि विनाकुनै योजना र उपलब्धि राज्यको साधनस्रोतको दोहन मात्र गरिरहेका छन्।
सेयर कास्ट इनिसिएटिभ नेपालले गरेको राष्ट्रिय मत सर्वेक्षणमा सहभागीमध्ये ४४ दशमलब तीन प्रतिशतले मुलुक गलत दिशातर्फ उन्मुख भइरहेको र यसको कारण राजनीतिक खिचातानी भएको बताएका छन्। सर्वेक्षणमा सातै प्रदेश, विभिन्न उमेर समूह र जातजातिसहित पाँच हजार ८२ जना सहभागी थिए।
गत बुधबार दाङमा पत्रकारहरूले अब पार्टीमा रहने भूमिकाबारे सोध्दा कांग्रेस नेता डा. शेखर कोइरालाले जवाफ दिए, ‘कांग्रेसका सबै टिमसँग बसिरहेको छु ।’ उनले सो प्रसंगले कांग्रेसभित्रका जिल्लागत गुटलाई संकेत गर्छ । ‘दाङमै पनि कांग्रेसका चार/पाँच थरी समूह छन्,’ उनले भनेका थिए, ‘सबैसँग बसिरहेको छु तर कुन समूहले मलाई सहयोग गर्छ भन्ने पनि मैले बुझेको छु ।’
सर्वपक्षीय बैठकमा सहभागी अधिकांश दलका नेताले प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने प्रधानमन्त्रीको कदम र त्यसलाई सदर गर्ने राष्ट्रपतिको कदमले २०६२/६३ को जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र नै संकटमा परेको आरोप लगाएका हुन्।
ओली पक्ष संस्थापन भएका हिसाबले पनि पार्टीमा सहजीकरणका लागि यही पक्षको जिम्मेवारी बढी हुनु अन्यथा होइन । यसका साथै विगतको अन्तर्संघर्षलाई बिर्सिएर पार्टीलाई एकताबद्ध बनाउन नेपाल पक्षको भूमिका पनि उत्तिकै छ । त्यसैले अहिले स्थानीय तहसम्म कार्यकर्तालाई विभाजित गर्ने भन्दा पनि एकीकृत बनाउन दुवै समूह लाग्नुको विकल्प छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सुरक्षा थ्रेट भएको अभिव्यक्ति दोहोर्याउँदै आएका छन्। उनले कार्यकर्तामाझ लगातार सुरक्षा थ्रेट भएको बताएपछि मुलुकको प्रधानमन्त्री नै असुरक्षित हुने अवस्था कसरी आयो भन्ने प्रश्न उठेको छ। दुई सयभन्दा बढी सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्री कसरी असुरक्षित भए भन्ने प्रश्न उठेको छ।
सहरी विकासमन्त्री प्रभु साहले विकासको मुख्य बाधक भ्रष्टाचार र राजनीतिक अस्थिरता भएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै वर्तमान सरकारलाई ढाल्ने चलखेल गरेको आरोप लगाए। नेकपा छिपहमाई गाउँपालिका कमिटिले शुक्रबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा मन्त्री साहले जनमतको अपमान गर्दै राष्ट्रलाई अस्थिरतामा धक्लेनेले जनतासमक्ष माफी माग्नुपर्ने तर्क गरे।
जनता समाजवादी पार्टीले राजनीतिक परिस्थिति फेरिएसँगै सरकारमा जान सक्ने लाइन बनाएको छ । पार्टीका अधिकांश शीर्ष नेता सरकारमा जाने लाइनमा छन् । पार्टीले यसबारे औपचारिक निर्णय भने गरिसकेको छैन ।