१९ आश्विन २०८१ शनिबार
image/svg+xml

सुनसरी कोशी गाउँपालिकामा बस दुर्घटना हुँदा ३७ जना घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी कोशी गाउँपालिकामा सोमबार राति यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन्।

बराहक्षेत्रमा मेयरमा कांग्रेस र उपमेयरमा एमाले उम्मेदवार विजयी

सुनसरी वराहक्षेत्र नगरपालिकामा गठबन्धनका तर्फबाट मेयरमा नेपाली कांग्रेसका रमेश कार्की र उपमेयरमा नेकपा एमालेकी नन्दकुमारी राई विजयी भएकी छिन्। कार्कीले १९ हजार २९३ मत ल्याएर विजयी भए।

सुनसरीमा एमालेका तीन वडाध्यक्ष, एस र राप्रपाबाट एक-एक जना विजयी

सुनसरीमा एमालेका तीन जना वडाध्यक्ष विजयी भएका छन्। धरान उपमहानगरपालिकाको वडा नं. २ मा नेकपा एमालेका रमेश राई विजयी भएका छन्।

रामधुनीमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा

सुनसरीको रामधुनी नगरपालिकाको प्रारिम्भक चरणको मतगणनामा कांग्रेस र एमालेका उम्मदेवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।

एम्बुलेन्सको ठक्करबाट मृत्यु

ठक्करबाट गम्भीर घाइते भएकी उराँवको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

फुटसल प्रतियोगितामा महासंघको टोली विजयी

इटहरी वडा नं. १० स्थित एसडीमा भएको खेलमा पत्रकार महासंघले आयोजक रोटरी क्लबलाई ७ का विरुद्ध ४ गोलले हराउँदै विजयी भएको हो।

सुनसरीको एक कुखुरा फर्ममा बर्डफ्लु, पंक्षीजन्यलाई नष्ट गरिदैँ

सुनसरीको दुहबी नगरपालिका ३ स्थित एक कुखुरा फर्ममा बर्डफ्लु रोग संक्रमण पुष्टि भएपछि पंक्षीजन्य नष्ट गर्ने काम भइरहेको छ।

बाँदरका कारण रामधुनी मन्दिरमा आउने धर्मावलम्बी त्रास

बाँदरको टोकाईबाट मन्दिरमा आउने थ्रपै धर्मावलम्बी घाइते हुने गरेका छन्। बाँदरको टोकाइले मानिसमा कुकुरको भन्दा बढी रेविजको मात्रा फैलाउने गर्दछ।

सुनसरीको दुहवीमा बल प्रयोग गरेर घर-टहरा हटाइदैँ

६ लेन सडक विस्तारका क्रममा विराटनगर-धरान सडक खण्ड निर्माण अन्तर्गत सुनसरीको दुहवी बजारको मुख्य भागदेखि उत्तर र दक्षिणतर्फ बल प्रयोग गरेर घर–टहरा भत्काउन थालिएको छ।

सुनसरी काँग्रेस सभापतिमा संस्थापन इतरका भण्डारी विजयी

१४औं महाधिवेसनका लागि आइतबार मतदान भएर आज टुंगिएको नतिजा अनुसार एक हजार ४२२ मत ल्याएर भण्डारी सभापतिमा विजयी भएका हुन्। विजयी भएका भण्डारी यसअघि दुई कार्यकाल जिल्ला सचिव रहेका थिए।

भूपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आरोपमा थप एक जना सुनसरीबाट पक्राउ

लम्कीचुहा वडा नं. १ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आरोपमा सोही ठाउँका १९ वर्षे मदन भन्ने साहिल साही पक्राउ परेका हुन्। साहीलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले धरान वडा नं. ४ किरात चोकबाट पक्राउ गरेको हो।

सुनसरी क्षेत्र १ मा मनोनयन अघि उम्मेदवार ब्याक, देउवा समूहलाई तनाव

देउवा समूहबाट सभापतिमा उम्मेदवारकोरुपमा अघि सारेका मेयर राई ब्याक भएपछि यो समुहमा उत्साह पनि छाएको छ।आफ्नो उम्मेदवारले मैदान छोडेपछि अन्तिम समयमा देउवा समुहले महिला नेतृ खतिवडालाई अघि सार्दै मनोनयन दर्ता गराएको छ। उक्त समूहका नेताहरु मेयर राईले धोका दिएको भन्दै रुष्ट छन्।

सर्वसम्मत पदाधिकारी चयन गर्न प्रधानमन्त्रीको आग्रह

सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा आज गाउँपालिकाको कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले पार्टीको १४औँ महाधिवेशन अन्तर्गत अधिवेशन हुुन बाँकी रहेका पदमा सर्वसम्मत पदाधिकारी चयन गर्न नेता तथा कार्यकर्तासँग आग्रह गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्