६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

फुटसल प्रतियोगितामा महासंघको टोली विजयी

इटहरीमा शनिबार भएको फुटसल प्रतियोगितामा पत्रकार महासंघ सुनसरी शाखाको टीम विजयी भएको छ। इटहरी वडा नं. १० स्थित एसडीमा भएको खेलमा पत्रकार महासंघले आयोजक रोटरी क्लबलाई ७ का विरुद्ध ४ गोलले हराउँदै विजयी भएको हो।

महासंघका तर्फबाट विवेक भटराई, राजकुमार श्रेष्ठ, धुर्व ढकाल लगायतले गोल गरे। यस्तै, रोटरी क्लबका तर्फबाट पुप्प नारायण चौधरी, ज्ञानेन्द्र पराजुली, भुपेन्द्र निरौला र रोनाल निरौलाले गोल गर्न सफल भए। रोटरी क्लब अफ इटहरीको २५ औं स्थापना दिवसको अवसरमा अर्को हप्ताबाट सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने हुँदा त्यसको पूर्व सन्ध्यामा मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरेको हो। प्रतियोगिताको उद्घाटन सत्र रोटरी क्लब अफ इटहरीकी अध्यक्ष सविना (शोभा) कोइरालाको अध्यक्षतामा आयोजना गरिएको थियो।

 

प्रकाशित: ७ फाल्गुन २०७८ १५:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App