१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बक्सर सरोज फेदर वेट च्याम्पियन

अल नेपाल मिस्टर फेदर वेट बक्सिङ च्याम्पियनसिपमा बक्समाण्डुका बक्सर सरोज महर्जन च्याम्पियन भएका छन्।

सुनसरी जिल्ला बक्सिङ संघद्धारा धरानमा आयोजित च्याम्पियनसिपमा विभागीय टोली सशस्त्र प्रहरी बलका सुमन नेपालीलाई फाइनलमा हराउँदै सरोज च्याम्पियन भएका हुन्। उनले फाइनलमा सुमनललाई ४–१ हराए। च्याम्पियन सरोजले नगद २० हजार पुरस्कार पाए। सुमनले नगद १५ हजार पाउँदा तेस्रो भएका दुई खेलाडीले नगद १० हजार प्राप्त गरे।

नेपाल बक्सिङ संघको पहल र धरान उपमहानगरपालिकाको संयोजनमा वीर गणेशमान प्रदेश–१ स्तरीय नोभिस बक्सिङ प्रतियोगिता पनि भएको थियो। उक्त प्रतियोगितामा पुरुष ४८ केजी तौल समूहमा उदयपुरका मानबहादुर बुढाथोकीले एबिसिका उज्वल सापकोटालाई ५–० अंकले हराउँदै स्वर्ण जिते। ५१ केजी तौल समूहमा विराटनगरका सागर यादवले एबिसिकै नीरञ्जन राईलाई ५–० ले पराजित गरे। ५६ केजी तौल समूहमा धरानका मौसम भुजेलले एबिसीका कमल मगरलाई ४–१ ले हराए।

त्यस्तै ६० केजी तौल समूहमा एबिसीका मौसम थुलुङले धरानका सागर तामाङमाथि जित रचे। ६३.५ केजी तौल समूहमा एबिसीका सफल तामाङले झापाका अविनाश राईलाई ४–१ को अंकको आधारमा हराए। ७५ केजी तौल समूहमा धरानका मिलन राईले उदयपुरका आयुष कार्कीलाई पराजित गर्दै स्वर्ण पदक जिते।

महिला ४८ केजी तौल समूहमा दमकका दिप्सा लिम्बुले धरानका दिप्ती श्रेष्ठलाई ५–० अंकको आधारमा पराजित गरिन्। ५४ केजी तौल समूहमा धरानका जोनी लिम्बुले उदयपुरकी मुस्कान तुलाधरलाई ५–० अंकले पराजित गरिन्। 

६० केजी तौल समूहमा दमकका सुस्मिता लिम्बुले दमककै युना मगरलाई ५–० अंकको आधारमा पराजित गर्दै स्वर्ण पदक जितिन्। विजयी बक्सरलाई प्रमुख अतिथि एवं नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव केशवकुमार विष्ट, बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी र नरेन्द्रकुमार पोमाले पुरस्कार वितरण गरेका थिए।

अध्यक्ष राम अवालेले कोरोना महामारीको दोस्रो लहरपछि स्वास्थ्य मापदण्द पूरा गरी सुनसरीमा बक्सिङ प्रतियोगिताको सफल आयोजना गरेको भन्दै खुसी व्यक्त गरे। 

प्रकाशित: ८ फाल्गुन २०७८ ०३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App