१९ आश्विन २०८१ शनिबार
image/svg+xml

सुनसरीमा भएका दुर्घटनामा परि दुई जनाको मृत्यु

सोमबार साँझ इनरुवा वडा नं. ९ को भित्री कच्ची सडक खण्डमा सिटी अनियन्त्रित भइ पल्टदा एक जनाको मृत्यु भएको छ।

विदेशी दातासंग सहयोग मागेर भएपनि बाढी पीडितलाई राहत दिन्छौं: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी दातासँग सहयोग मागेर भएपनि बाढीपीडितलाई राहत दिने विश्वास दिलाएका छन्।

हिरासतमै आत्महत्या, छानबिन गर्न समिति

जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतभित्रै आइतबार बिहान एक थुनुवाले आत्महत्या गरेपछि पाँच घन्टासम्म इनरुवा तथा आसपासको क्षेत्र तनावग्रस्त बन्यो।

चतारा पुलबाट हाम फालेका बृद्ध बेपत्ता

उदयपुर र सुनसरीको सीमास्थल सप्तकोसीको पुलबाट आईतबार दिउसो हाम फालेर एक बृद्ध बेपत्ता भएका छन्।

सुनसरीबाट अपहरण गरि भारत पुर्‍याइएका बालककाे १० घण्टापछि सकुशल उद्धार

उनी अपहरणमा परेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतीय प्रहरीसँग समन्वय गरेर करिब १० घण्टा पछि बालकलाई सकुशल उद्धार गरि नेपाल ल्याएको सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए।

दुर्घटनाबापतको रकम हस्तान्तरण

नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनाबापतको रकम हस्तान्तरण गरेको छ। धरानस्थित विजयपुर एफएममा कार्यरत पत्रकार रमेश राई साङगेनलाई मंगलबार दुर्घटनाबापतको ३५ हजार ५ सय रूपैयाँ हस्तान्तरण गरिएको हो।

गढीमा निःशुल्क आँखा शिविर

सुनसरीको गढी गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। लायन्स क्लब विराटनगर हलेसी, शुभम् मिटसिटी, ग्रिनसिटी र सिटी क्लबको संयुक्त आयोजनामा आँखा शिविर गरिएको हो।

सुनसरीका बस्तीमा रोकिएन बाँदर आतंक

सुनसरीको नेपाल–भारत सिमावर्ती देवानगञ्ज गाउँपालिका विभिन्न बस्ती र क्षेत्रमा वर्षौदेखि जारी रहेको बाँदरको आतंक पछिल्लो समयमा अझै बढ्दा स्थानीयहरु हैरान बनेका छन्।

वीपीमा अक्सिजन कमी हुन दिँदैनौं : सुनसरी प्रजिअ

‘मैले वीपीको पदाधिकारीहरुलाई के भएको हो भनेर सोधे, पर्याप्त सिलिण्डर रहेछ। जिल्लामै पर्याप्त अक्सिजन छ, हामी सिलिण्डर भर्ने व्यवस्था गर्छौं, विज्ञप्ती निकालेर अनावश्यक हल्ला किन चलाएको भनेर भनिसके,’प्रजिअ ढकालले भने,‘हामीलाई भन्नु पर्‍यो, अक्सिजन अभाव हुन दिँदैनौं।’

सुनसरीमा लकडाउन, सेना परिचालन

सेनाले कोभिड १९ सम्बन्धी जनचेतना फैलाउने र लकडाउनलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउने उद्देश्यले परिचालन गरिएको प्रजिअ ढकालले जानकारी दिए।

सुनसरीमा आजदेखि लकडाउन

लकडाउन आदेश जारी भएपछि आजदेखि सार्वजनिक तथा निजी सवारीसाधनहरु पुर्णरुपमा सञ्चालनमा रोक लगाइएको छ भने अत्यावश्यक कामबाहेक हिडडुलमा पनि रोक लगाइएको छ।

सुनसरीमा एक साता निषेधाज्ञा थप

जिल्लामा कोरोना संक्रमणको दर तीव्ररुपमा वृद्धि हुँदै गएपछि सुनसरी जिल्लामा एक साताको लागि निषेधाज्ञा थप भएको छ।

सुनसरीमा भोलि मध्यरातीदेखि एक साता निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार मध्यरातीदेखि लागु हुने गरि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ।

केरा बगैँचामा लुकाएर राखिएको ४९ किलो गाँजा बरामद

गाँजा भेटिएको ठाउँबाट भारतीय बजार निकै नजिक भएका कारणले भारतीय बजारमा बिक्रीका लागि लैजाने उद्देश्यले गाँजा भण्डारण गरेर राखिएको हुनसक्ने प्रहरीको अनुमान छ। पछिल्लो सयम सुनसरीका विभिन्न सीमावर्ती नाकाबाट अवैध गाँजा तस्करी हुने गरेको सीमा क्षेत्रका स्थानीयवासीले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्