८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

सुनसरीमा लकडाउन, सेना परिचालन

धरानमा लकडाउनलाई कडा पार्न भानुचोक क्षेत्रमा खटिएका सुरक्षाकर्मी।तस्बिर: नागरिक

सुनसरीमा शनिबारदेखि जेठ १५ सम्मको लागि लकडाउन गरिएको छ। यसअघिको निषेधाज्ञा प्रभावकारी नभएपछि जिल्ला प्रशासन कार्यालयले थप २ साता अवधि बढाउँदै कडा लकडाउन गरेको हो।  

सुनसरी जिल्लामा संक्रमण दर तीव्र रूपमा फैलिइरहेको छ भने मृत्यु दर पनि बढ्दो छ। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार धरान, इटहरी र इनरुवा क्षेत्रमा नेपाली सेनासमेत परिचालन गरिएको छ। सेनाले कोभिड १९ सम्बन्धी जनचेतना फैलाउने र लकडाउनलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउने उद्देश्यले परिचालन गरिएको प्रजिअ ढकालले जानकारी दिए।

सर्वसाधारणलाई औषधी खरीद र अस्पतालमा उपचार गर्नबाहेक हिड्डुलमा प्रतिबन्ध लगाइएको छ। औषधीबाहेकका सम्पूर्ण पसल पनि सञ्चालनमा रोक लगाइएको छ। दुध तथा दुधजन्य पदार्थलाई बिहान ८ बजेभित्र बिक्री गर्न अनुमति दिइएको छ, भने हरियो सागसब्जीलाई पनि बिहान ८ बजेसम्म स्थानीय तहको समन्वयमा घरसम्म पुर्‍याउन मात्र छुट दिइएको छ। इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले लकडाउनलाई पूर्णरूपमा कार्यान्वयन गराउन सम्पूर्ण प्रहरी जनशक्ति परिचालन गरिएको बताए।

प्रकाशित: २ जेष्ठ २०७८ ०२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App