नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनाबापतको रकम हस्तान्तरण गरेको छ। धरानस्थित विजयपुर एफएममा कार्यरत पत्रकार रमेश राई साङगेनलाई मंगलबार दुर्घटनाबापतको ३५ हजार ५ सय रूपैयाँ हस्तान्तरण गरिएको हो।
सुनसरीका पत्रकार गिरिराज आचार्य र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले उक्त बिमाबापतको रूपैयाँ हस्तान्तरण गरेका हुन्।
केही समयअघि दुर्घटनामा परेका पत्रकार राईको उपचारमा लागेको खर्चबापतको रकम दिइएको हो।
प्रकाशित: १३ आश्विन २०७८ ०३:०३ बुधबार