कर्मचारी ऐनको मस्यौदा टुंग्याउन सकस
अन्तिम भनिएको संघीय निजामती सेवा ऐनको मस्यौदा फेरि परिमार्जन गरिएको छ। यसबाट अन्तिम मस्यौदा बनाउन सरकारलाई सकस परेको देखिएको छ।
अन्तिम भनिएको संघीय निजामती सेवा ऐनको मस्यौदा फेरि परिमार्जन गरिएको छ। यसबाट अन्तिम मस्यौदा बनाउन सरकारलाई सकस परेको देखिएको छ।
पूर्वीनाका काँकडभिट्टामा भारु नोट टहीमा समस्या देखिएको छ। भारु दुई हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णयलगत्तै सटहीमा समस्या देखिन थालेको हो।
पोखरामा पछिल्लो दशक खुलेका ठुला लगानीका पर्यटकीय पूर्वाधारलाई आर्थिक रुपमा बढी समस्या छ। किनकी ती पूर्वाधार राम्रोसँग चल्न नपाउँदै मारमा परेका थिए। कतिपयले पिकअप लिँदै गर्दा कोरोना संक्रमण र त्यसपछिको मारमा परेका थिए भने कोरोनाकालमै खुलेका पूर्वाधार त झनै मारमा परेको व्यावसायीको भनाई छ।
सामुदायिक वन समन्वय समिति पहलमानपुरका अध्यक्ष पुष्कल बम हिजोआज डढेलोबाट वन कसरी जोगाउने भनेर समुदायमा छलफलमा खटिएका छन्।
मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरबाट दैनिक उत्पन्न फोहरलाई प्रधानमन्त्री कार्यालय अगाडिको बगैंचामा डम्प गर्न थालिएको छ।
महिलाकै समानुपातिक प्रतिनिधित्वलाई हेर्ने हो भने सबैभन्दा धेरै दुरूपयोग भएको छ। प्रत्यक्ष निर्वाचनका बेला सकेसम्म कम महिलालाई उम्मेदवार बनाउने गरिएको छ।
दशैंको टीकाको दिन अर्थात् (गत बुधबार) बिहानैदेखि परेको बर्सातको कारणले आफ्नो आफन्तको घरमा गएर टीका लगाउनका लागि निकै सास्ती पाए।
सत्ता गठबन्धन दलभित्र संसदीय निर्वाचनमा सिट बाँडफाँट मिलाउन अल्झन देखिएको छ।
सबैतिरका सडकको काम थालेपछि त्यसलाई पूर्णता दिने हो भने राजधानीमा धुलो र हिलोको समस्या कम हुन्थ्यो। निर्माण पूरा नभएका र भइसकेका सडकको हिलो ल्याएर अरू सडकमा गाडी कुदाउँदा यहाँ बिजोग भएको छ।
एमाले र माओवादीबीचको गठबन्धन भत्काएर देशैभर एमालेलाई सत्ताबाट बाहिर राखेको कांग्रेस संघ र प्रदेशमा पनि उसलाई एक्ल्याउन चाहन्छ। एमाले–माओवादीबीच अघिल्लो निर्वाचनमा तालमेल हुँदा स्थानीय तहमा पनि कांग्रेस तेस्रो शक्ति थियो। कांग्रेस यसपटक कर्णालीमा पहिलो शक्तिको रुपमा उदाएको छ।
बजारमा अचाक्ली मूल्यवृद्धि भएको छ। महँगी बढ्दा उपभोक्ता मारमा परेका छन्। दैनिक उपभोग्य वस्तुको अचाक्ली मूल्य बढ्दा न्यून आम्दानी भएका परिवारलाई भान्सा चलाउन सकस भएको छ।
सत्तारुढ गठबन्धनले स्थानीय चुनावमा पनि तालमेल गरेर जाने घोषणापछि जिल्ला तहमा पदको भागबण्डा सुरु भएको छ।
स्थानीय तह निर्वाचनको दिन नजिकिँदै गएको छ। निर्वाचन नजिकिएसँगै राजनीतिक दल तल्लोस्तरसम्म उम्मेद्वार छान्न व्यस्त छन्। स्थानीय तह अन्तर्गत वडा तहसम्म उम्मेद्वार छान्न अहिले दलहरुलाई हम्मेहम्मे छ। आकांक्षी धेरै हुँदा उम्मेद्वार खुट्याउन सकस भईरहेको दलले बताएका छन्।
माथिल्लो तहका कर्मचारीहरू सकेसम्म काठमाडौंमै बस्ने प्रवृत्तिले अतिरिक्त समूहमा राखिएका सहसचिवहरूलाई काठमाडौंबाहिर पठाउन सकस परेको छ।
कोरोना संक्रमणले थलिएको पर्यटन क्षेत्र पछिल्लो छ महिनादेखि खुला थियो। व्यवसाय मात्र खुलेको थिएन की पाहुना आउँदा व्यवसायीले आम्दानी पनि गर्न पाएका थिए भने मजदुरले काम पाएका थिए। पर्यटन क्षेत्रमा निर्भर हजारौं मजदुर काममा फर्केका थिए। तर, कोरोनाको पछिल्लो भेरियन्ट ओमिक्रोनले सबैतिर त्रसित बनाएपछि पर्यटन क्षेत्र फेरि छ महिना अघिकै अवस्थामा फर्किने चिन्ता व्यवसायीमा पलाएको छ।