१६ असार २०८१ आइतबार
image/svg+xml

५० किसान पुरस्कृत

दैलेख जिल्लामा व्यावसायिक रूपमा तरकारी उत्पादन गर्ने किसान पुरस्कृत भएका छन्। जिल्लाभरिका उत्कृष्ट ५० जना किसानलाई प्रोत्साहन स्वरूप पुरस्कृत तथा सम्मान गरिएको हो।

बागमतीका किसानलाई पौने दुई करोड राहत वितरण

विभिन्न प्राकृतिक विपद्बाट पशु, मत्स्यको क्षति भएका किसानलाई बागमती प्रदेश सरकारले करिब पौने दुई करोड रूपैयाँ राहत प्रदान गरेको छ।

आँप: उत्पादन किसानको, मूल्य व्यापारीको

नेपालमा सबैभन्दा बढी आँप फल्ने मधेस प्रदेशमा हो। मुलुकको कुल उत्पादनको ७६ प्रतिशत आँप मधेसमा फल्छ।

गाजरमा जाँगर अनुसारको मुल्य नपाउँदा किसान चिन्तित

घोडासिन गाउँदेखि करिब २ घण्टाको बाटोमा गाजर बोकेर बिहानै सधैंभरि बजार पुगेकी हुन्छिन्। तर बिक्री हुदैन। यस वर्ष झन्डै एक हजार बर्गमिटर क्षेत्रफलमा खेतमा गाजर खेती गरेकी उनले भनिन्,'जति गाजरमा जाँगर लगाए, त्यति नै भाउ भएको भए त फलिफाप नै हुने थियो।'

कुरिलो खेतीमा जुट्दै सिन्धुलीका किसान

एक पटक लगाइसकेपछि झन्डै पन्ध्र बर्ष सम्म उत्पादनशिल रहने र लगाइरहन नपर्ने भएकाले खेती सहज हुने र आम्दानी राम्रो हुने भएकाले कुरिलो खेती रोजाईमा पर्न थालेको हो।

मूल्य पाउँदा केरा किसान दंग

‘गत वर्ष मूल्य नै नपाएर एक रूपैयाँ कोसा बेचियो। कति त्यत्तिकै खेर गयो,’ २० बिघा क्षेत्रफलमा केरा खेती गर्दै आएका बुद्धिराम चौधरीले भने, ‘यतिखेर ७ रूपैयाँ कोसा केरा लिन व्यापारी बगानमै आइरहेका छन्। केरामा अहिलेसम्मकै उच्च मूल्य पाएपछि खुसी लागेको छ।’

किसानलाई घाँसका बिरुवा वितरण

पशुपालनलाई व्यवस्थित गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले किसानलाई उन्नत जातका घाँस बिरुवा वितरण गरेको छ।

मधेसका किसानलाई जल र मलको पिरलो

कृषिलाई मधेस प्रदेशको समृद्धिको मूल आधार मानिन्छ। प्रदेश सरकारले प्रदेश समृद्ध बनाउने ध्येयले कृषि, सिँचाइ र कृषि उत्पादन बढाउन व्यावसायिक कृषि प्रणालीमा जोड दिँदै आएको छ। धान रोपाइँ गर्ने बेलामा भने मधेसका किसान जल र मल बिना छटपटाउँदै निरीह देखिएका छन्।

असार १५-धान दिवस: नेतालाई रमाइलो, किसानलाई पिरलाे

चितवनमा शुक्रबार शीर्ष नेताहरू धान रोप्न व्यस्त रहें। बिहानको शीतलतासँगै उनीहरूमा छुट्टै उत्साह थियो। धान दिवसलाई प्राथमिकतामा राखेर पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र बाबुराम भट्टराई तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने रोपाइँका लागि चितवन आएका थिए।

धान दिवसःनेतालाई रमाइलो किसानलाई पिरलो

चितवनमा शुक्रवार शीर्ष नेताहरु धान रोप्न व्यस्त रहेँ। बिहानदेखि नै शीतलतासँगै उनीहरूमा छुट्टै उत्साह थियो। प्राथमिकतामै राखेर पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, बाबुराम भट्टराई, पूर्व उपप्रधानमन्त्री रवि लामिछाने चितवन आएका थिए।

किसानलाई अनुदानमा कृषि उपकरण

बाँकेको वैजनाथ गाउँपालिकामा किसानलाई कृषि उपकरण वितरण गरिएको छ। कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले वार्षिक बजेटमार्फत किसानलाई अनुदानमार्फत कृषि उपकरण वितरण गरेको हो।

ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरुलाई संसदले नै स्पष्टिकरण लिनुपर्छः प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरुलाई संसदले स्पष्टिकरण लिनुपर्ने माग गरेका छन्।

नगरले तरकारी किन्न थालेपछि चौताराका किसानमा उत्साह

तरकारी फलाउने चौतारा साँगाचोकगढी नगरपालिकाका किसानले आफूले उत्पादन गरेका तरकारी बेच्न बजारका घरपसल धाउनुनपर्ने भएको छ।

उपराष्ट्रपतिको प्रशासनिक खर्च कटौती गरौँ,किसानलाई अनुदान दिउँः सांसद कार्की

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोसन कार्कीले उपराष्ट्रपतिको प्रशासनिक खर्च कटौती गरेर लम्पिस्किन महामारीको मारमा परेका किसानहरूलाई अनुदानको रुपमा दिन आग्रह गरेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्