१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

उपराष्ट्रपतिको प्रशासनिक खर्च कटौती गरौँ,किसानलाई अनुदान दिउँः सांसद कार्की

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोसन कार्कीले उपराष्ट्रपतिको प्रशासनिक खर्च कटौती गरेर लम्पिस्किन महामारीको मारमा परेका किसानहरूलाई अनुदानको रुपमा दिन आग्रह गरेकी छिन्।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद कार्कीले उपराष्ट्रपतिको प्रशासनिक खर्च कटौती गर्न माग गरेकी हुन। उनले प्रशासनिक खर्च कटौती गरेर लम्पिस्किनको महामारीबाट प्रभावित किसानहरूलाई अनुदानको रुपमा दिनुपर्ने धारणा राखिन्।

उनले उपराष्ट्रपतिको प्रभावकारी भुमिका हुन नसकेको बताइन। उपराष्ट्रपतिको काम उद्घाटन गर्ने र देवताको दर्शन गर्ने मात्रै भएको टिप्पणी गरिन।सांसद काकीले बजेट संशोधनसहित पास गर्ने व्यवस्था गर्नुपर्ने धारणा पनि राखिन।

प्रकाशित: १० असार २०८० ०७:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App