१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

आँप: उत्पादन किसानको, मूल्य व्यापारीको

पूर्वपश्चिम राजमार्गको लहान खण्डमा बिक्रीका लागि राखिएका आँप। तस्बिर: मिथिलेश/नागरिक

मधेस प्रदेशको सुरुंगा नगरपालिका–५ का त्रिभुवन चौधरी आँप बगैंचामा सुत्न थालेको चार महिना भयो। बगैंचाका सबै आँप टिपेर चार दिनअघि बिक्री गरिसकेका उनी बल्ल घरमा सुत्न थालेका छन्।

करिब डेढ बिघामा आँपखेती गरेका चौधरीको चैत महिनादेखि बगैंचामै बास थियो। फूल फुल्नुअघिदेखि प्रत्येक बोटमा पानी लगाउने र मल र औषधि हाल्ने काममा दिनहुँ खटिनुपर्ने उनी बताउँछन्। ‘फूल खेल्ने बेला किरा मार्ने औषधि हाल्नेदेखि फल टिकाइराख्न दिनरात हेरचाह गर्न बगैंचामै बास बस्नुपर्छ,’ उनले भने।

गर्मीमा सर्प र अनेक किराको जोखिम हुन्छ। यी सबै जोखिम मोलेर चार महिना बगैंचामा सुतेर लहान बजारमा आँप पुर्‍याएको उनले बताए। एक लाख रूपैयाँ लगानी लगाएर फलाएको आँप बेच्दा करिब दुई लाख नाफा भएको उनको अनुमान छ। ‘घरपरिवारका सबै सदस्यको मेहनतले फलेको आँप बेचेर तीन लाख रूपैयाँ हात पर्‍यो,’ उनले भने, ‘यसमा दुई लाख फाइदा होला।’

मधेस प्रदेशको सुरुंगा नगरपालिका–५ का त्रिभुवन चौधरी आँप बगैंचामा सुत्न थालेको चार महिना भयो। बगैंचाका सबै आँप टिपेर चार दिनअघि बिक्री गरिसकेका उनी बल्ल घरमा सुत्न थालेका छन्।

आँप उत्पादनमा किसानको दुःखको फाइदा अरूले फाइदा लिइरहेको उनको गुनासो छ। ‘बजारमा पुग्ने हरेक दानामा हाम्रो पसिना परेको हुन्छ,’ उनले भने, ‘खानेलाई आँप गुलियो होला तर किसानले लगानी, मेहनेत गरेर फलाएको आँपमा व्यापारीको मूल्य हुन्छ। उत्पादन किसानको मूल्य व्यापारीको हुँदोरहेछ। व्यापारी र उपभोक्ताका लागि गुलियो आँप हाम्रा लागि अमिलो हुन्छ।’

सरकारले आँप किसानलाई सुविधा उपलब्ध गराए उत्पादन अझै बढ्ने उनको भनाइ छ। उनले किसानको उत्पादनमा व्यापारीले मनमौजी मूल्य तोक्ने प्रवृत्ति किसानमारा रहेको बताए। ‘सरकारी निकायले आँपको पनि दररेट तोक्नुपर्‍यो,’ उनले भने, ‘व्यापारीको मनपरीले हामी किसान मारमा परेका छौं।’

उत्पादनमा मधेस अब्बल

नेपालमा सबैभन्दा बढी आँप फल्ने मधेस प्रदेशमा हो। मुलुकको कुल उत्पादनको ७६ प्रतिशत आँप मधेसमा फल्छ। मुलुकभर ४२ हजार १ सय ९६ हेक्टरमा आँप खेती हुन्छ।

मुलुकमा वार्षिक ४ लाख ५३ हजार ४ सय १६ टनजति आँप उत्पादन हुन्छ। मधेस प्रदेशमा मात्र ३ लाख ४४ हजार १ सय ४० टन आँप फल्छ। मधेसमा ३० हजार ८९ हेक्टरमा आँप खेती छ । मधेसका आठवटै जिल्लामा आँपको व्यावसायिक खेती भए पनि सबैभन्दा बढी उत्पादन सप्तरीमा हुन्छ। सप्तरीमा ८ हजार १ सय ६३ हेक्टरमा आँप लगाइएको छ। सप्तरीमा मात्रै १ लाख १० हजार ९५ टन आँप फल्छ।

नेपालमा सबैभन्दा बढी आँप फल्ने मधेस प्रदेशमा हो। मुलुकको कुल उत्पादनको ७६ प्रतिशत आँप मधेसमा फल्छ। मुलुकभर ४२ हजार १ सय ९६ हेक्टरमा आँप खेती हुन्छ।

यस्तै सिरहामा ८ हजार ५ सय ६२ हेक्टरमा आँप बगैंचा छ। जहाँ ८८ हजार ३ सय ५४ टन आँप फल्छ। रौतहटमा ५ हजार ४ सय ५२ हेक्टरमा गरिएको आँप खेतीबाट ६२ हजार १ सय ३३ टन उत्पादन हुन्छ।

यसैगरी धनुषामा २२ हजार ९ सय १४ टन, बारामा १९ हजार १ सय ९९ टन, सर्लाहीमा १९ हजार ८६ टन, महोत्तरीमा १७ हजार ६ सय २७ टन र पर्सामा ४ हजार ७ सय ३१ टन आँप उत्पादन हुन्छ।

मधेस प्रदेशको कृषि मन्त्रालयका अनुसार मधेसमा बम्बई, दसहरी, मालदह, जर्दा, आम्रपाली, कलकत्तिया, मिश्रीकनलगायत जातका आँप उत्पादन हुन्छ । मन्त्रालयका कर्मचारी कमलदेव कुशवाहाका अनुसार हावापानीका दृष्टिले मधेस आँप उत्पादनका लागि अनुकूल क्षेत्र हो। ‘तर आँपको उपभोग व्यापक बढिरहँदा पनि स्वदेशी उत्पादन त्यही हिसाबमा बढ्न सकेन,’ उनले भने।

काठमाडौंमा लहानको आँप

काठमाडौंमा लहानको आँप जति नामी छ, त्यतिकै बदनाम पनि छ। लहानको गुलियो मालदह आँप भनेर अर्कै आँपबाट ठगिनेका लागि बदनाम छ भने लहानकै मालदहको स्वाद पाएकाहरू माझ यहाँको आँप नामी छ।

लहानको आँप भनेर अर्कै ठाउँको बेच्ने, एउटा आँप भनेर अर्कै बेच्ने, विषादी प्रयोग गरिएको आँप बेचेर लहानको आँपलाई बदनाम गराउनेलाई निरुत्साहित गरी अर्गानिक लहानको आँपको प्रर्वद्धन गर्न लहान नगरपालिकाले यस वर्षदेखि कार्यक्रम नै सञ्चालन गरेको छ। नगरपालिकाले लहानको आँपको ब्रान्डिङ गरी पहिलो पटक काठमाडौं पठाएको छ।

गाउँगाउँमा किसानले उत्पादन गरेको आँपलाई लहान नगरपालिकाले ब्रान्डिङ, ग्रेडिङ र प्याकेजिङ गरी काठमाडौं पठाइएको हो। आँपको हरेक प्याकेटमा ‘लहानको आँप’ भनेर ब्रान्डिङ गरिएको छ। नगरपालिकाका कृषि संयोजक बद्रीनारायण चौधरीका अनुसार यस वर्ष काठमाडौंमा लहानको आँप लोकप्रिय बन्यो। सरस्वती कृषि फार्मको साझेदारीमा आँप काठमाडौं पठाइएको उनले बताए।

‘प्रतिकेजी प्याकेजिङमा पाँच रूपैयाँ लागत लाग्छ। त्यसमा नगरपालिका र कृषि फार्मको पनि साझेदारी छ,’ संयोजक चौधरीले भने, ‘नेपालभरि नै लहानको आँपको बजार व्यवस्थापन कार्यक्रम ल्याएका छौं।’

काठमाडौंमा लहानको आँप जति नामी छ, त्यतिकै बदनाम पनि छ। लहानको गुलियो मालदह आँप भनेर अर्कै आँपबाट ठगिनेका लागि बदनाम छ भने लहानकै मालदहको स्वाद पाएकाहरू माझ यहाँको आँप नामी छ।

आँप बिक्रीका लागि लहान र काठमाडौंमा ‘लहानको आँप’ स्टल स्थापना गरिएको छ। स्टलमा पाँच र दस किलोको आँप प्याकिङ गरी राखिन्छ। बम्बई, मालदह, दसहरी, आम्रपाली र कलकतिया आँपलाई अलग अलग बिक्रीमा राखिएको छ।

विभिन्न विषादी प्रयोग गरी पकाउने आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले त्यस्तो आँप बिक्रीवितरण गर्न नपाउने नीति अपनाउन लागिएको कृषि शाखा प्रमुख प्रकाश साह हलुवाईले बताए।

लहानको आँपको विश्वसनीयता वृद्धि गर्ने उद्देश्ले यो कार्यक्रम सुरु गरेको लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीले बताए।

विभिन्न विषादी प्रयोग गरी पकाउने आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले त्यस्तो आँप बिक्रीवितरण गर्न नपाउने नीति अपनाउन लागिएको कृषि शाखा प्रमुख प्रकाश साह हलुवाईले बताए।

‘लहानको आँप भन्नेबित्तिकै काठमाडौं, पोखराजस्ता सहरमा ग्राहकहरू हुरुक्कै हुने भए पनि समयअगावै औषधि प्रयोग गरेर व्यापारीहरूले गरिरहेको कमजोरी हटाउन नगरपालिकाले पहल थालेको छ,’ उनले भने, ‘आँप खेती विस्तार गर्न यस वर्ष पनि अनुदानमा बिरुवा वितरण गरिएको छ।’

प्रकाशित: २५ असार २०८० ०१:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App