मेलम्चीको काम तत्काल नरोकिने
कोरोना भाइरस विरुद्ध सतर्कता अपनाउँदै सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन सरकारले निर्देशन दिए पनि राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम भने तत्काल नरोकिने भएको छ।
कोरोना भाइरस विरुद्ध सतर्कता अपनाउँदै सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन सरकारले निर्देशन दिए पनि राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम भने तत्काल नरोकिने भएको छ।
सही तरिकाले साबुनपानीले हात धुनुलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाइँमा अत्यन्तै प्रभावकारी मानिए पनि विश्वका हरेक पाँचजनामध्ये तीनजनासँग मात्र हात धुने सुविधा उपलब्ध रहेको युनिसेफले जनाएको छ।
कोरोना भाइरसबाट बच्नको लागि सावुन पानीले हात धुनुलाई प्रभावकारी मानिएको छ। विश्व स्वास्थ्य संगठनले पनि बारम्बार सावुन पानीले हात धुन अपिल गरेको छ। तर धेरै मानिसहरु यो आधारभुत कुरामा समेत पहुँच राख्न नसक्ने अवस्थामा छन्।
उपत्यकावासीलाई असारभित्र मेलम्चीको पानी खुवाउने सरकारको भाका नजिकिँदै गर्दा खानेपानी मन्त्री बिना मगरले सोमबार बहुचर्चित तथा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गरेकी छिन्।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ।
बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ छहरेखोलामा मंगलवार बिहान जीप दुर्घटना भएको छ । दुर्घटनामा पाँच जना घाइते घाइते भएका छन् भने आठ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुई दिनदेखि लगातार बर्षा हुँदा कर्णालीको जनजीवन कष्टकर बनेको छ। बर्षासँगै अत्यधिक चिसो हुँदा बालबालिका, वृद्धवृद्धा, बिरामी र दीर्घरोगी समस्यामा परेका छन्।
समथर जमिन र बाक्लो बस्ती । खानेपानीको सधैँ चरम अभाव। नजिकै कालीगण्डकी र धापेखोलाको सलल बगेको पानी हेरेर बागलुङ नारायणस्थान स्थानीयवासी लामो समयदेखि चित्त बुझाउनुपर्ने अवस्था हाल बागलुङ नगरपालिका–१४ को सो स्थानमा पानीका मुहान छैनन्।
जापान सरकारले नेपाललाई उपलब्ध गराउने प्राविधिक सहायता अन्तर्गत परिचालित स्वयंसेवकहरुको काम गराई नेपालीको तुलनामा प्रभावकारी पाइएको छ।
खानेपानीको उचित व्यवस्थापन नहुँदा मार्तडीवासीले सास्ती भोग्नुपरेको छ। खानेपानी व्यवस्थापनको जिम्मा लिएको मार्तडी बहृत् खानेपानी उपभोक्ता समितिको लापरबाहीका कारण सदरमुकामवासी सास्ती भोग्न बाध्य भएका हुन्।
हरिवन नगरपालिका–५ घुर्कौलीको सिद्धार्थ टोल, धनपति टोल र गोले टोलका २६ जनाले अढाइ वर्षको अन्तरालमा क्यान्सरका कारण ज्यान गुमाएका छन्। तीनै टोलमा क्यान्सर रोग प्रकोपका रूपमा फैलिएको छ। जसका कारण हाल पनि उक्त टोलमा आठ जना क्यान्सरका बिरामी उपचाररत छन्। दूषित पानीका कारण टोलमा क्यान्सर प्रकोपका रूपमा फैलिएको वडा नं ५ का अध्यक्ष नागेन्द्र साहले बताए।
हिमा गाउँपालिका-२ का वडाध्यक्ष नैनवहादुर रोकायालाई निर्वाचन जितिसकेपछि गाउँमा खानेपानी संकट समाधान गर्ने मुख्य चुनौती थियो। चुनावमा खानेपानी माग संवोधन गर्ने आश्वासन दिएका उनको निरन्तर संवोधन खानेपानी मागमै केन्द्रित रह्यो। उनी खानेपानीसँग सरोकार राख्ने सबै निकायसँग पुगे। उनको एउटै चाहना थियो,‘गाउँमा खानेपानी पुर्याएर संकट टार्ने।’ उनको त्यो चाहना पूरा भएको छ।
सुनकोसीको रसुवाघाटबाट पानी तानेर सुख्खाग्रस्त कालापानीमा वितरण गरिएको छ। करिब एक करोड ८० लाख रुपैयाँ लागतमा रसुवाघाट–कालापानी खानेपानी आयोजना सम्पन्न भएको उपभोक्ता समितिले जनाएको छ।
राममाया आले मगरले ७७ वर्षको उमेरमा बल्ल आफ्नै आँगनको छेउमा रहेको धारोबाट पानी भरेर पिउन पाइन्। डोकोमा गांग्री बोकेर बुढेसकालमा खुट्टा कमाउँदै धोवीखोलाको उकाली ओराली गर्नुपर्ने बाध्यताको अन्त्य हुँदा उनी औधी खुसी छन्।
गुचीले नेपालमा स्वयंसेवक ट्राफिक बनेर सडक व्यवस्थापना सहयोग पु-याएको करिब दुई वर्ष भयो। उनले अशक्त तथा वृद्धवृृद्धालाई जेब्राक्रसिङबाट सडक पार गराइदिँदै आएका छन्।