१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

कर्णालीमा असिना पानीसँगै हिमपात

वीरेन्द्रनगर- दुई दिनदेखि लगातार बर्षा हुँदा कर्णालीको जनजीवन कष्टकर बनेको छ। बर्षासँगै अत्यधिक चिसो हुँदा बालबालिका, वृद्धवृद्धा, बिरामी र दीर्घरोगी समस्यामा परेका छन्।

कर्णाली प्रदेशका हिमाली जिल्ला डोल्पा, हुम्लालगायतका केही जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपातसमेत भएको मौसम विज्ञान कार्यालय सुर्खेतले जनाएको छ। कर्णालीका अन्य जिल्लामा पनि असिना पानी परेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ३० मिलिमिटर, दैलेखमा २९.९ मिलिमिटर र सुदूरपश्चिमको अछाममा २५ मिलिमिटर पानी परेको मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख विनोद पराजुलीले जानकारी दिए। उनका अनुसार जुम्ला, हुम्ला, डोल्पालगायतका हिमाली क्षेत्रमा हिमपात परेको छ।

चिसोका कारण यहाँका बासिन्दा एक ठाउँबाट अर्काे ठाउँ जानसमेत समस्या भएको छ। ग्रामीण क्षेत्रका सडक हिलाम्मे हुँदा यहाँका सडक नियमित सञ्चालनसमेत हुन सकेका छैनन्। पश्चिमी वायुको प्रभावले यहाँ दुई दिनदेखि बर्षा भएको हो।
 

प्रकाशित: २४ फाल्गुन २०७६ १३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App