राष्ट्रपतिद्वारा मेलम्ची खानेपानी वितरणको औपचारिक शुभारम्भ
बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट औपचारिक रुपमा उद्घाटन गरि काठमाडौंमा वितरण गरिएको छ।
बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट औपचारिक रुपमा उद्घाटन गरि काठमाडौंमा वितरण गरिएको छ।
टोखा नगरपालिकाले बडुखोला र भण्डारी मूलको पानी नगरवासीको घरसम्म पुर्याउने भएको छ। नगर क्षेत्रभित्रका बासिन्दालाई स्वच्छ खानेपानी पुर्याउने लक्ष्यअनुसार टोखा नगरपालिका–१ मा रहेको बडुखोला र भण्डारी मूलको पानीलाई जनताका घरघरमा पुर्याउन लागिएको नगरपालिकाले जनाएको छ।
आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण हुने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए। अब उपत्यकामा रहेका पोखरीमध्ये बाँसबारीस्थित पोखरीमा मात्रै पानी पठाउन बाँकी छ। उनले भने, 'केही समयभित्रै त्यहाँ पनि पठाउन सकिनेछ।'
नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्रकुमार केसीले मेलम्चीको पानी काठमाडौं ल्याएको जस अहिलेको सरकारले मात्र लिन नमिल्ने बताएका छन्।
दूषित पानी उत्पादन तथा बिक्री वितरण गरेको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले दुवै कम्पनीविरुद्ध मुद्दा दायर गरेको थियो। देउतीदर्शनले उत्पादन गर्ने सिजन्स ब्रान्डको जारमा लेदो भटिएको थियो।
मेलम्चीको पानी ल्याएर काठमाडौंका बासिन्दालाई खुवाउने तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको योजना २१ वर्षपछि बल्ल पूरा भएको छ। महांकालस्थित पानी ट्यांकीबाट चाबहिल र महांकाल क्षेत्रमा आइतबार मेलम्चीको पानी वितरण गरिएको छ। वितरणसँगै उपत्यकावासीले दुई दशकदेखि देख्दै आएको मेलम्ची सपना सार्थक बनेको छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजबाट मेलम्चीको पानी आउने भएको छ। उपत्काका सीमित ठाउँमा मात्रै अहिले पानी आउन थाल्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ। पहिलो चरणमा पुरानो महाँकाल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी आउने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए।
नेपाल खानेपानी संस्थान लहानले महसुल नतिर्ने ग्राहकको धारा बन्द गर्न सुरुआत गरेको छ। धाराको पानी उपभोग गर्ने तर महसुल नतिर्ने परिपाटी अन्त्य गर्न सो कार्य सुरु गरेको हो।
नेपालको पूर्वाधार निर्माणको इतिहासमा सबैभन्दा धेरै समस्या र ढिलासुस्तीको उपमा पाएको आयोजना हो–मेलम्ची खानेपानी आयोजना। तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले तीन दशकअघि अर्थात् २०४७ सालमा मेलम्ची खोलाको पानी ल्याएर काठमाडौं उत्पत्यकामा वितरण गर्ने सपना बाँडेका थिए।
निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्ने जहाजको सुरक्षाका लागि रिठ्ठेपानी डाँडामा रहेका रुख काट्न मन्त्रिपरिषद् बैठकले अनुमति दिएको छ। अनुमतिसँगै पोखरा महानगरपालिका–२६ रिठ्ठेपानीका ६ सय रुख काट्ने बाटो खुलेको छ। रुखसँगै रिठ्ठेपानीको डाँडा पनि कटान हुनेछ।
प्रतिनिधिसभाको संसदीय समितिले व्यापारीको स्वार्थ अनुकूलमा उपभोक्तालाई भार पर्ने गरी पानीको मूल्य बढाउन निर्देशन दिएको छ। कानुन निर्माण तथा नीतिगत निर्देशन दिने जिम्मेवारी पाएको संसदीय समितिले उद्योगीलाई फाइदा हुने गरी पानीको मूल्य बढाउन निर्देशन दिएको हो।
प्रत्येक वर्ष मार्च २२ तारिखका दिन मनाइने विश्व पानी दिवस आज विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। विश्वमा देखा परेको स्वच्छ खानेपानीको सङ्कट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्रसङ्घले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउन थालेको हो।
खानेपानीको समस्या भोग्दै आइरहेका सिद्धलेकको आदामाराबासीको समस्या समाधान भएको छ। बस्ती नजिकै खानेपानीको मुहान नभएका कारण धादिङको सिद्धलेक गाउँपालिका वडा नं ४ आदामारामा वर्षौदेखि टाढाटाढाबाट घण्टौँ धाएर ल्याउनुपर्ने अवस्था थियो।
विश्वभर ४५ करोड बालबालिकासहित एक अर्ब ४२ करोड मानिसमा पानीको उच्च अभाव रहेको संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) ले बिहीबार सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ। विश्वव्यापी प्रत्येक पाँच बालबालिकाहरूमध्ये एक जनालाई दैनिक आवश्यकता पूरा गर्न पर्याप्त पानी नहुने गरेको तथ्याङ्कमा उल्लेख छ।
प्रदेश २ का आठमध्ये सिँचाइ तथा खानेपानीको बढी समस्या भोगिरहेका दुई जिल्ला हुन्, बारा र पर्सा। यी दुई जिल्लाको खानेपानी समस्या समाधान गर्न प्रदेश सरकारले ‘राप्ती–दुधौरा डाइभर्सन’ को अवधारणा ल्याएको धेरै वर्ष भयो। आयोजना कहिले सुरु गर्ने अझै अन्योल छ। यस्तो अवस्थामा प्रदेश २ सरकारले चासो देखाउन सुरु गरेपछि दुई जिल्लाको खानेपानी समस्या समाधान हुने संकेत देखिएको छ।