coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मेलम्चीको पानीमा सरकारले मात्र जस लिन मिल्दैनः राजेन्द्रकुमार केसी

नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्रकुमार केसीले मेलम्चीको पानी काठमाडौं ल्याएको जस अहिलेको सरकारले मात्र लिन नमिल्ने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा समसामयिक विषयमा बोल्दै उनले मेलम्चीको पानी काठमाडौं आएकामा कृष्णप्रसाद भट्टराईप्रति हार्दिक आभार व्यक्त गर्दै वर्तमान सरकारले मात्र जस लिन नहुने बताएका छन्।

उनले कांग्रेसका तत्कालिन नेता कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याउने सपना ३० वर्षअघि नै  देखेको बताए। ‘सन्त नेता भट्टराईले ३० वर्षअघि देखेको सपना अहिले साकार भएको हो। उनले भने, ‘अहिले पानी आयो, यो सबैका लागि खुसीको कुरा हो।’

पानीको जस कसले लिने भन्दा काठमाडौंमा पानी आउनु ठूलो कुरा भएको भन्दै उनले ३० वर्षदेखि गरेको काम अहिले मैले गरेँ भनेर कसैले हुंकार गर्नु न्यायोचित नहुने बताए।

प्रकाशित: १८ चैत्र २०७७ ०९:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App