१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विश्वमा प्रत्येक पाँचमध्ये एक बच्चा पानीको अभावको सामना गरिरहेको छः युनिसेफ

विश्वभर ४५ करोड बालबालिकासहित एक अर्ब ४२ करोड मानिसमा पानीको उच्च अभाव रहेको संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) ले बिहीबार सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ। विश्वव्यापी प्रत्येक पाँच बालबालिकाहरूमध्ये एक जनालाई दैनिक आवश्यकता पूरा गर्न पर्याप्त पानी नहुने गरेको तथ्याङ्कमा उल्लेख छ।  

युनिसेफको पछिल्लो रिपोर्ट अनुसार विश्वका ८० भन्दा बढी देशका केटाकेटीहरूले उच्च वा अत्यधिक उच्च पानीको अभावको सामना गरिरहेका पाइएको छ। पूर्वी र दक्षिणी अफ्रिकामा त्यस्ता क्षेत्रहरूमा बस्ने बच्चाहरूको अनुपात सबैभन्दा बढी छ अर्थात् पानीको अभाव सामना गरिरहेका बालबालिकामध्ये आधाभन्दा बढी अर्थात् ५८ प्रतिशत बालबालिका छन्, जसले दिनहुँ पर्याप्त पानीको पहुँचका लागि कठिनाइको सामना गरिरहेका छन्। यसपछि पश्चिम र मध्य अफ्रिकामा ३१ प्रतिशत, दक्षिण एशियामा २५ प्रतिशत र मध्य पूर्वमा २३ प्रतिशत बालबालिकाले पानीको अभावको सामना गर्नुपरेको छ।  

दक्षिण एसियामा कूल १५ करोड ५० लाख बालबालिका अर्थात् विश्वमा अन्य क्षेत्रको तुलनामा बढी बालबालिका पानीको अभावबीच बाँचिरहेका तथ्याङ्क रहेको छ।

युनिसेफले पानीको अभाव झेलिरहेका मुलुकहरूमध्ये अफगानिस्तान, बुर्किना फासो, इथियोपिया, हैटी, केन्या, नाइजर, नाइजेरिया, पाकिस्तान, पपुआ न्यूगिनी, सुडान, तान्जानिया र यमनलगायतका ३७ मुलुकलाई समस्याग्रस्त मुलुकको अग्रस्थानमा राखेको छ।  

युनिसेफका कार्यकारी निर्देशक हेनरीता फोरद्वारा जारी एक प्रेस विज्ञप्तिमा भनिएको छ, “विश्वको पानी संकट यत्तिकै आएको होइन यसलाई जलवायु परिवर्तनको नराम्रो प्रभावका रूपमा हेरिएको छ।”  

फोरले भने, “पानीको अभावका कारण सबैभन्दा बढी प्रभावित बालबालिकाहरू रहेको देखिएको छ। इनारहरू जब सुख्खा हुन्छन् बालबालिकाहरू विद्यालय छोडेर पानी बोक्न धाउन सक्छन्।  

खडेरीले खाद्यान्न आपूर्तिमा कमी भएपछि बच्चाहरू कुपोषण र शारीरिक वृद्धिमा प्रभाव पर्दछ। जब बाढी आउँछ उनीहरू नै पानीजन्य बिरामीहरूबाट बिरामी पर्दछन् र जब पानीको स्रोतको अभाव हुन्छ यसको प्रभावबच्चाहरूले रोगहरूविरुद्ध लड्न आफ्नो हात धुनसमेत पाउँदैनन्।”

नयाँ रिपोर्ट युनिसेफको ‘सबैका लागि पानी सुरक्षा’ पहलको एक हिस्सा हो र प्रत्येक बालबालिकालाई दीगो तथा पानीको सेवामा पहुँच छ भन्ने कुरा सुनिश्चित गर्न पहल हो।  

“हामीले अहिले नै पानीको समस्यालाई सम्बोधन गर्नुपर्छ र यसलाई अझ खराब हुनबाट रोक्नको लागि पहल गर्नुपर्छ र यसको समाधान जलवायु परिवर्तनका स्रोतहरूलाई रोकेर यस ग्रहमा भविष्यका ताराहरूलाई पानीको अभावबाट कम प्रभावित बन्ने अवस्था सिर्जना गर्नु नै आजको आवश्यकता हो,” उनले भने।

प्रकाशित: ७ चैत्र २०७७ ०२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App