१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

मेची पहाडी पर्यटन समिति खारेज

मेची पहाडी पर्यटन प्रबर्धन समिति खारेज भएको छ । प्रदेश १ को मन्त्रीपरिषद्को मंगलबार बसेको बैठकले मेची पहाडी पर्यटन प्रबर्धन समिति खारेज गर्ने निर्णय गरेको हो ।

‘लकडाउन खुलेमा पर्यटक आउन तयार छन्’

लकडाउन खुलेमा पदयात्रा र पर्वतारोहणमा १५ देखि २० प्रतिशतसम्म पर्यटक नेपाल आउने सम्भावना देखिन्छ। त्यसैले अगस्टभित्र आन्तरिक र बाह्य उडान खुला हुनुपर्छ। त्यसो भएमा आउँदो सिजन (अक्टुबर र नोभेम्बर)मा पर्यटक आउनेछन्।

सुपा देउराली

सुपा देउराली मन्दिर पछाडिका झरनामा क्यानोनिङ, शीत खोलामा बञ्जीजम्प र मन्दिरभन्दा माथि डाँडामा प्याराग्लाइडिङको सम्भावना देखिन्छ।

याङ्जाकोट

गाउँका ११ घरमा होमस्टे सुविधा छ। साँझ पाहुनाले होमस्टेमा गुरुङ जातिको मौलिक नृत्य घाँटु, सोरठीका साथमा कृष्ण चरित्रको मजा चाख्न पाउँछन्।

कोरानाजस्तै वैरी घरधनी

पोखरामा भाडाका घरमा होटल चलाउनेमध्ये करिब ४० प्रतिशतले व्यवसाय छोडिसकेको अवस्था छ। आगामी दिनमा पर्यटन क्षेत्रमा अनुभवी व्यक्तिको अभाव हुनेछ।

‘हे भगवान्, अझै कति दुःख दिन्छौ !’

एक जनाको कमाइले ७ जनाको परिवार पाल्दै आएका पर्वतारोही मौले तामाङ छोराछोरीको भविष्य सम्झेर कहालिन्छन्। डेरामा बसेर जिन्दगी धान्न महिनाको ५० हजार रुपैयाँ खर्च लाग्छ। आफ्नो भन्ने घर छैन, जग्गा छैन, कसरी छोराछोरीको भविष्य बनाउने? यही प्रश्न हरपल घुमिरहन्छ उनको मनमा।

पोखरेली पर्यटन व्यवसायी पनि साँचो बुझाउने तयारीमा

कोरोना भाइरस संक्रमणका कारण करिब ६ महिनादेखि मारमा परेका पर्यटन व्यवसायीले आर्थिक रुपमा धरासायी बनेको भन्दै व्यवसायको तालाचाँबी नै वित्तीय संस्थालाई बुझाउनुपर्ने अवस्था आउन थालेको बताएका छन्।

पर्यटन व्यवसायीले भनेः ‘अब हामी पनि चाँबी बुझाउँछौं’

कोरोना भाईरस संक्रमणका कारण करिब ६ महिनादेखि मारमा परेका पर्यटन व्यवसायीले आर्थिक रुपमा धरासायी बनेको भन्दै व्यवसायको तालाचाँबी नै वित्तीय संस्थालाई बुझाउनुपर्ने अवस्था आउन थालेको बताएका छन् । लामो समयदेखि नोक्सानी खेपेको र अझै कम्तिमा दुईवर्ष व्यवसाय चल्ने अवस्था नरहेकोले व्यवसाय टिकाउनु चुनौतीपूर्ण भएको उनीहरूले बताए ।

पर्यटन उद्योग खोल्न पाउनुपर्ने माग

पर्यटनसँग सम्बन्धित व्यवसायीले हाल बन्द अवस्थामा रहेका उद्योग खोल्न पाउनुपर्ने माग अघि सारेका छन् ।

पर्यटनमन्त्री र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर वडबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री भट्टराईले दुई देशबीचको व्यावसायिक हवाई सञ्चालनका लागि राजदूतसँग आग्रह गरेका थिए।

‘लकडाउन खोलेर हवाई उडान थालिहाल्नुपर्छ’

सरकारले ५ प्रतिशत ब्याजमा ऋण दिने भनेको छ, तर कसरी दिने प्रस्ट पारेको छैन। पर्यटन व्यवसायीलाई उसको लगानीअनुसार ऋण उपलब्ध गराउनुपर्छ र ब्याज २ प्रतिशतभन्दा बढी लिनु हुँदैन।

पर्यटन विभागमा दर्ता हुन व्यवसायीलाई आग्रह

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले नेपालका पर्यटन व्यवसायी र होटल व्यवसायीलाई पर्यटन विभागमा दर्ता हुन सूचना जारी गरी प्रोत्साहन गरिएको बताएका छन् ।

पर्यटन बोर्डद्धारा पर्यटन प्रोटोकल तालिम सुरु

हिलो चरणमा ६ सय जनालाई तालिम दिइने बोर्डका सिइओ डा. धनञ्जय रेग्मीले बताए। पर्यटक विमानस्थलमा ओर्लेदेखि फर्कंदासम्म अपनाउनुपर्ने विषय निर्देशिकामा समाबेश गरिएको छ।

पर्यटन मजदूर सोध्दैछन्, ‘सरकार ! हाम्रो दुःखको सुनुवाइ खोई?’

उनीहरूले आफ्नो प्रोफाइल फोटोको फ्रेममा ‘सरकार हाम्रो दुःखको सुनवाइ खोई ? ‘पर्यटन मजदूरहरूलाई भोकै झुण्डिएर मर भनेको हो?’ भन्ने प्रश्न सोधेका छन्।

पर्यापर्यटन प्रवद्र्धनका लागि ताप्लेजुङका बिभिन्न स्थानमा बन्यो पदमार्ग र पार्क

पर्यापर्यटन प्रवद्र्धनका लागि डिभिजन वन कार्यालयको सहयोगमा ताप्लेजुङका बिभिन्न स्थानमा पदमार्ग निर्माण तथा दर्शनीय स्थलहरुको विकास गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्