coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मेची पहाडी पर्यटन समिति खारेज

मेची पहाडी पर्यटन प्रबर्धन समिति खारेज भएको छ । प्रदेश १ को मन्त्रीपरिषद्को मंगलबार बसेको बैठकले मेची पहाडी पर्यटन प्रबर्धन समिति खारेज गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले मेची पर्यटन प्रबर्धन समितिको म्याद सकिएको र प्रदेशमा नयाँ संरचना निर्माण गर्नुपर्ने भएकाले उक्त समिति खारेज गरिएको जानकारी दिए । कार्कीले भने ‘देशमा पर्यटन विकासका नयाँ संरचना तयार पार्नुपर्ने भएकाले पुरानो समिति खारेज गरिएको हो ।’ मन्त्रीपरिषद्को बैठकले संघबाट शसर्त अनुदानअन्तर्गत सडक निर्माणका लागि आएको बजेट रकमान्तर गर्ने, सिँचाइ तथा नदी नियन्त्रण कार्यक्रम संसोधन गर्ने निर्णय पनि गरेको छ । 

यस्तै, भूमिव्यवस्था कृषि सहकारी मन्त्रालयअन्तर्गतको कटहरी फलफूल तथा तरकारी थोक बजार नियमावली २०६६ खारेज गर्ने निर्णय गरेको छ । उक्त ठाउँमा कटहरी तरकारी थोक बजार सञ्चालन नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रीपरिषद्ले नयाँ नियमावली स्वीकृत गरेसँगै बिशिष्टिकृत सहकारी मार्फत तरकारी थोक बजार सञ्चालन गर्ने बाटो खुलेको छ ।

उद्घाटन भएको लामो समय बितेपनि मोरङको कटहरीस्थित तरकारी तथा फलफूल थोक बजार सञ्चालनमा आउन सकेको थिएन । कोरोनाका करण लकडाउन सुरू भएपछि जिल्ला सहकारी संघको नेतृत्वमा आंशिक रुपमा तरकारी बजार सञ्चालनमा ल्याइएपनि कानुन अभावका कारण पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन ।

प्रकाशित: ३० असार २०७७ ११:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App