१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

पर्यटन बोर्डद्धारा पर्यटन प्रोटोकल तालिम सुरु

कोभिड–१९ संक्रमणको जोखिमपछि पर्यटन क्षेत्र खुला गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले जारी गरेको सुरक्षा निर्देशिकालाई प्रभावकारी ढंगले लागु गराउन बोर्डले बिहीबारदेखि पर्यटनकर्मीलाई अनलाइन तालिम सुरु गरेको छ। 

पहिलो चरणमा ६ सय जनालाई तालिम दिइने बोर्डका सिइओ डा. धनञ्जय रेग्मीले बताए। पर्यटक विमानस्थलमा ओर्लेदेखि फर्कंदासम्म अपनाउनुपर्ने विषय निर्देशिकामा समाबेश गरिएको छ। तालिमले स्वास्थ्य सुरक्षामा जोड दिँदै डिजिटल मार्केटिङ मार्फत व्यवसायलाई पुर्नजीवन दिन सहयोग पु¥याउने विश्वास गरिएको छ।  

होटल संघ नेपाल, नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्टस र ट्रेकिङ एजेन्सिज् एशोसियशन अफ नेपालसँगको समन्वयमा तालिम चलाइएको हो।  

असार ८ गते पर्यटन सुरक्षा निर्देशिका जारी गरिएको थियो। बोर्डका बरिष्ठ अधिकृत सुधन सुवेदीका अनुसार आगामी दिनमा पर्यटन सम्बद्ध संस्थाको सहकार्यमा थप तालिम सञ्चालन गरिनेछ।

प्रकाशित: १९ असार २०७७ ०६:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App