१४ आश्विन २०८१ सोमबार
image/svg+xml

जहाजमा चरा ठोक्किएको प्रमाणित भएको छैनः पर्यटनमन्त्री किराती

संस्कृति पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किरातीले सोमबार राति दुबईका लागि उडेको फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको प्रमाणित नभएको स्पष्ट पारेका छन्।

कास्की त पुगियो तर हिमाल छेकियो

कास्कीमा तुवाँलोे लाग्न थालेको एक साताभन्दा बढी भयो। यसले गर्दा यहाँबाट देखिने हिमशृङखला राम्रोसँग नदेखिएको त्यति नै समय भयो।

ह्यातमा दर्जनौं अनियमितता सरकारद्वारा कारबाही तयारी

लामो समयदेखि विवादमा देखिएको पाँचतारे होटल ह्यातको अनियमितताबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले फेरि चासो राख्दै कारबाही प्रक्रिया अघि बढाएको छ।

भारतीय सहरमा पर्यटन व्यावसायीको प्रवद्र्धन अभियान

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई उकास्ने प्रयासमा पर्यटन व्यावसायी लागेका छन्। त्यसका लागि व्यवसायीले भारतका विभिन्न सहरमा प्रवद्र्धन अभियान चलाउन थालेका छन्। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीले भारतीय सहरमा प्रवद्र्धन अभियान थालेको हो।

जिब्रो छेड्ने जात्रा दिउँसो १२ बजेदेखि

भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेमा प्रत्येक वर्ष वैशाख २ मा हुने जिब्रो छेड्ने जात्रा यो वर्ष शनिबार दिउँसो १२ बजेदेखि सुरु हुने भएको छ।

विमान चार्टर गरेर चिनियाँ पर्यटक नेपालमा

हिमालयन एयरलाइन्सको विमान चार्टर गरी एक सय ८० चिनियाँ पर्यटक नेपालमा भित्रिएका छन्। नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल विग माउण्टेन ट्राभलमार्फत आज बिहान चिनियाँ पर्यटकको टोली नेपाल आएको हो।

‘महावु उत्कृष्ट पर्यटन केन्द्र हो’

पर्यटकीय हिसाबले महावु महत्वपूर्ण स्थान हो। महावु लेक प्राकृतिक रूपमा सुन्दर र आफैंमा सम्भावना बोकेको क्षेत्र हो।

पर्यटन मन्त्रालयद्वारा सबै सद्भावना दूत खारेज

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि नियुक्त भएका सबै पर्यटन सदभावना दूतको नियुक्ति खारेज गरेको छ।

पर्यटन व्यावसायीको प्रधानमन्त्रीलाई अनुरोध: पोखराबाट अन्तर्राष्ट्रिय उडानको पहल गरिदिनुपर्यो

प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिटै नै अन्तर्राष्ट्रिय उडान सुरु हुने अपेक्षा पर्यटन व्यावसायीले राखेका थिए। तर, व्यावसायीको त्यो अपेक्षा उद्घाटन भएको साढे तीनमहिना बित्नै लाग्दा पनि पुरा भएको छैन। अन्तर्राष्ट्रिय उडानको त्यही अपेक्षा पुरा गराउन माग गर्दै पोखरेली पर्यटन व्यावसायीले प्रधानमन्त्रीलाई नै गुहारेका छन्।

एनआरएनएको कार्यकारी अध्यक्षमा केसी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को बहुपदीय प्रणालीअनुसार कार्यकारी अध्यक्षको जिम्मेवारी डा. बद्री केसीले सम्हालेका छन्।

पर्यटन क्षेत्र लयमा फर्किंदै

कोभिड–१९ ले सुस्ताएको पर्यटन क्षेत्र क्रमशः लयमा फर्किन थालेको छ। कोभिडअघिको तुलनामा यस वर्ष मार्च महिनामा अन्तर्राष्ट्रिय पर्यटकको आगमन ७८ प्रतिशतले पुनरुत्थान भएको छ।

पर्यटन क्षेत्रको गुनासो: होटलको मूल्य निःशुल्क गर्न मात्र बाँकी छ

कोरोना भाइरस संक्रमणको मारमा परेको पर्यटन क्षेत्र निकै नै कमजोर अवस्थामा पुगेको भन्दै व्यवसायीले पछिल्लो समय सरकार नै गुहार्न थालेका छन्। बैंकको किस्ता र ब्याजदर तिर्न सक्ने अवस्था नभएको भन्दै व्यवसायीले आफूहरू मानसिक तनावमा रहेको गुनासो सुनाएका छन्।

इलाममा साहित्य महोत्सव हुने

जिल्लाको पर्यटन प्रवर्धनका लागि साहित्य महोत्सव आयोजना गरिने भएको छ। यही चैत २६ र २७ गते सदरमुकामस्थित सिटीहलमा महोत्सव आयोजना गर्न लागिएको हो।

एभरेष्ट बैंकद्वारा क्यालेन्डर सार्वजनिक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रममा एभरेष्ट बैंक लिमिटेडले २०८० सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्