७ वैशाख २०८१ शुक्रबार
अर्थ

एनआरएनएको कार्यकारी अध्यक्षमा केसी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को बहुपदीय प्रणालीअनुसार कार्यकारी अध्यक्षको जिम्मेवारी डा. बद्री केसीले सम्हालेका छन्। एनआरएनएले शुक्रवार आयोजना गरेको कार्यक्रममा कार्यकारी अध्यक्ष रविना थापाले केसीलाई कार्यकारी पद हस्तान्तरण गरेकी हुन्।

एनआरएनएको महाधिवेशनबाट तीन वटा अध्यक्ष चयन भएको भए पनि तीन अध्यक्षले ६–६ महिना कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्ने कार्यविधि अनुसार शुक्रबारबाट केसीले जिम्मेवारी लिएका हुन्। पहिलो चरणमा कुल आचार्य, दोस्रो चरण रविना थापा पछि अहिले केसी कार्यकारी अध्यक्षको भूमिकामा आएका हुन्। १९ बुँदे प्रतिबद्धता पत्र जारी गर्दै डा. केसीले गैरआवासीय नेपालीबीच एकता कायम गर्न पहल गर्ने बताए।

मुलुकको आर्थिक विकास, वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधानका लागि सरकारको साझेदारीमा रहेर काम गर्ने बताए।

नेपाली नागरिकताको निरन्तरता, सामाजिक सुरक्षा कोष, विदेशमै बसेर नेपालमा डलर खाता खोल्ने अवसर, मोबाइल ब्लड बस, स्वास्थ्य सम्बन्धी जनजागरण अभियान, पर्यटन प्रवर्द्धन कार्यक्रम, पोखरामा स्मार्ट ट्वाइलेट, राष्ट्रिय खेलकुद तथा कराँते प्रतियोगितामा गैरआवासीय नेपालीहरूको सफलता लगायतका विषयमा उल्लेख्य प्रगति भएको दाबी गरे। 

प्रकाशित: २६ चैत्र २०७९ ०१:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App