२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ह्यातमा दर्जनौं अनियमितता सरकारद्वारा कारबाही तयारी

लामो समयदेखि विवादमा देखिएको पाँचतारे होटल ह्यातको अनियमितताबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले फेरि चासो राख्दै कारबाही प्रक्रिया अघि बढाएको छ।

तारा गाउँ विकास समिति र विदेशी कम्पनी सर्राफ आइसिटिसी समूहको संयुक्त लगानी रहेको ह्यात होटलमा परियोजना लागत करिब दुई अर्ब रूपैयाँ योजनाबद्ध ढंगले बढाएको लगायत विषयमा स्पष्टीकरण सोधेको हो। मन्त्रालयले ह्यातमा दर्जनौं अनियमितता भएको भन्दै कारबाहीको तयारीसमेत गरेको छ।

मन्त्रालयका अनुसार ह्यातले अस्वाभाविक रूपमा करिब २ अर्ब रूपैयाँ लागत बढाएको पाइएको छ। मन्त्रालयले गरेको अध्ययनमा होटलको परियोजना लागत १ अर्ब ५० करोड रूपैयाँबाट बढाएर ३ अर्ब ४३ करोड रूपैयाँ पुर्‍याई अनियमितता गरेको हुन सक्ने आशंका गरिएको छ।

लामो समयदेखि विवादमा देखिएको पाँचतारे होटल ह्यातको अनियमितताबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले फेरि चासो राख्दै कारबाही प्रक्रिया अघि बढाएको छ।

संयुक्त लगानी सम्झौता र समझदारीपत्रविपरीत होटल परियोजनाको लागत बढाएको भन्दै मन्त्रालयले तारा गाउँ रिजेन्सी होटल लिमिटेडलाई तीन दिने स्पष्टीकरण सोधेको हो।

सरकारले सो समितिमार्फत होटलमा गरेको लगानी तथा प्रतिफलको अध्ययन, अनुसन्धान, छानबिन तथा सुझाव कार्यदलको प्रतिवेदनअनुसार २७ वटा प्रश्नमार्फत जवाफ मागेको छ। पर्यटमन्त्री सुदन किरातीले तारागाउँ रिजेन्सीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेका हुन्।

भारी नोक्सानीमा सञ्चालनमा रहेको अवस्थामा कम्पनीबाट अस्वाभाविक रूपमा ठुलो धनराशि पारिश्रमिकका रूपमा भुक्तानी लिनुको कारणसमेत मन्त्रालयले सोधेको छ। घाटामा गएका बेला पनि कम्पनीका सञ्चालक तथा व्यवस्थापकलाई ३८ करोड १२ लाख रूपैयाँ भुक्तानी गरेको मन्त्रालयको भनाइ छ।

सरकारले सो समितिमार्फत होटलमा गरेको लगानी तथा प्रतिफलको अध्ययन, अनुसन्धान, छानबिन तथा सुझाव कार्यदलको प्रतिवेदनअनुसार २७ वटा प्रश्नमार्फत जवाफ मागेको छ।

अनियमित ढंगले लागत वृद्धि र भुक्तानी गरेको भन्दै मन्त्रालयले तारा गाउँ विकास समिति र होटलबीच भएको सम्झौता किन भंग नगर्ने भन्दै ‘होटल ह्यात रिजेन्सी’लाई पत्राचार गरेको हो। तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले १४८ रोपनी जग्गा लिजमा लिएको तर उचित संरक्षण नगरेको, पट्टा सम्झौताअनुसार लिजमा लिएको जग्गाबाट अनधिकृत रूपमा बाटो खोलेको, बाटोको १० रोपनी जग्गा हानिनोक्सानी पुर्‍याएको मन्त्रालयले जनाएको छ।

अनियमित ढंगले लागत वृद्धि र भुक्तानी गरेको भन्दै मन्त्रालयले तारा गाउँ विकास समिति र होटलबीच भएको सम्झौता किन भंग नगर्ने भन्दै ‘होटल ह्यात रिजेन्सी’लाई पत्राचार गरेको हो।

लिजमा लिएको जग्गा संरक्षण नगर्नाका कारणसमेत मन्त्रालयले सोधेको छ। जग्गाको लिज सम्झौताका क्रममा तय गरिएका सर्त र बन्देज होटलले कार्यान्वयनमा नल्याएकाले सो सम्झौता रद्द गरेर सरकारले वैकल्पिक उपयोगमा किन ल्याउनुनपर्ने वा होटललाई लिजमा किन दिइरहनुपर्ने भन्दै प्रश्न गरिएको छ।

कम्पनीले व्यवसायसँग असम्बन्धित खर्चलाई पुष्टि गर्ने बिलबिजक तथा कागजात समेत पेस नगरी ठुलो रकम खर्च लेखांकन गरेको छ। यसबाट नोक्सानी भई लगानीकर्ता प्रतिफल शून्य हुन पुगेको मन्त्रालयले जनाएको छ।

खोज पत्रकारिता केन्द्रले गरेको अध्ययनअनुसार होटलका सञ्चालक राधेश्याम सराफ, उनका दुई छोरा र उनकी पत्नीले धन लुकाउन सजिलो मानिने मुलुक ब्रिटिस भर्जिन आइल्यान्डमा अफसोर कम्पनी खोलेर कारोबार गर्दै आएका छन्।

कम्पनीले व्यवसायसँग असम्बन्धित खर्चलाई पुष्टि गर्ने बिलबिजक तथा कागजात समेत पेस नगरी ठुलो रकम खर्च लेखांकन गरेको छ।

सराफमाथि होटलका नाममा सरकारी जग्गालाई अनियमित रूपमा दर्ता गरेको, नेपालको सरकारी सम्पत्ति दोहन गरेको र गैरकानुनी ढंगले सरकारको सेयर हत्याएको आरोप लाग्दै आएको छ।

समझदारीपत्रमा भन्दा परियोजनाको भवन निर्माणमा बढी खर्च भएको थियो। होटल सञ्चालनमा आउनुपूर्व ३४ करोड २० लाख रूपैयाँ खर्च लेखांकन गरेको भन्दै खर्च औचित्यपूर्ण मान्न नसकिने मन्त्रालयको दाबी छ।

कम्पनीले गरेको आर्थिक कारोबार समयमै फछ्र्योट नगरेकाले कम्पनीलाई विभिन्न वर्षमा विदेशी विनिमयबापत ठुलो नोक्सानी भएको छ। आव २०७७/७८ सम्ममा ११ करोड २३ लाख विदेशी विनिमयबापत नोक्सानी भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

कम्पनीले चेन मार्केटिङ, अप किपिङ खर्च, कमिसन, विज्ञापन खर्चजस्ता अपारदर्शी शीर्षकमा खर्च गरेको पाइएको छ। तारा गाउँ रिजेन्सी होटल्स लिमिटेडमा ९५ करोड ८ लाख २९ हजार रूपैयाँ विदेशी लगानी बापतको सेयर लगानी भएको देखिएको र उक्त लागनी कुनकुन बैंकमार्फत कुनकुन मितिमा होटलको बैंक खातामा जम्मा भएको विवरणसमेत मन्त्रालयले माग गरेको छ।

कम्पनीले गरेको आर्थिक कारोबार समयमै फछ्र्योट नगरेकाले कम्पनीलाई विभिन्न वर्षमा विदेशी विनिमयबापत ठुलो नोक्सानी भएको छ।

सार्वजनिक–निजी साझेदारीअन्तर्गत २०४९ सालमा स्थापित ह्यातमा पर्यटन मन्त्रालयको तारागाउँ विकास समिति तथा निजी साझेदार (राधेश्याम सराफ र रामलाल श्रेष्ठ परिवार) को लगानी गरिएको थियो। यो होटलको सम्पत्ति २० अर्ब रूपैयाँभन्दा माथि पुगेको बताइन्छ।

प्रकाशित: ७ वैशाख २०८० ००:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App