१४ आश्विन २०८१ सोमबार
image/svg+xml

पोखराका पर्यटन व्यवसायी भन्छन्ः खर्च धान्न सक्ने अवस्था रहेन, पलायनको जोखिम बढ्यो

पछिल्लो समय पोखराको पर्यटनको आकार पहिले भन्दा साँघुरिएको छ, जसले आर्थिक रुपमा पर्यटन व्यवसायीमाथि भार थपिएको छ। आर्थिक भार थपिँदै जाँदा व्यावसायीले व्यवसायबाटै पलायनको बाटो रोज्ने खतरा देखिएको व्यवसायी नै बताउँछन्। भएको घरजग्गा बेचेर भएपनि ऋण तिर्नुपर्ने अवस्था आउन थालेको व्यवसायीको भनाई छ।

आइटिबी बर्लिनमा नेपालको पर्यटन प्रवद्धर्न

यूरोपियन मुलका पर्यटक भित्र्याउने लक्ष्य सहित जर्मनीको बर्लिनमा आयोजित ‘आइटिबी बर्लिन’मा नेपालबारे प्रवद्धर्न गरिएको छ। कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा यूरोपियन मुलका पर्यटक भित्र्याउन यो प्रवद्धर्नले सघाउने व्यवसायीको अपेक्षा छ।

नयाँ हिमाल आरोहण गर्न पूर्वाधार तयार

नयाँ हिमाल आरोहण अनुमतिसम्बन्धमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका र पर्यटन विभागबीच छलफल भएको छ।

अबको पदयात्रा ‘समूह’ मा मात्रै, एक्लै जान नपाइने

पदयात्रा पर्यटकको सुरक्षाको लागि भन्दै पर्यटन बोर्डले बिनागाइड विदेशी पर्यटकलाई पदयात्रामा जान रोक लगाएको छ। पर्यटन बोर्डले आगामि अप्रिल १ देखि लागु हुने गरी ‘फ्रि इन्डिभिजुअल ट्रेकर (एफआईटी)’ बन्द गरेको हो। यो व्यवस्थासँगै नेपालमा विदेशी पर्यटकले अब अनिवार्य रुपमा ट्रेकिङ कम्पनीमार्फत गाइड लिएर मात्र पदयात्रामा निस्कनु पर्ने हुन्छ।

विदेशी पर्यटकको खर्चबारे अध्ययन गर्दै पर्यटन बोर्ड

नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत खर्चको यकिन तथ्याङ्क लिन अध्ययन सुरु गरेको छ।

राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुन्छः पर्यटन मन्त्री किराँती

राष्ट्रिय एकताको प्रतीक राष्ट्रपति भएको हुनाले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति चयन हुने उनको भनाइ थियो।

पूर्व राजदूतहरू भन्छन्-‘पर्यटन प्रवद्र्धनका लागि ब्राण्डिङ गनुपर्छ’

नेपालमा पर्यटनको व्यापक सम्भावना रहे पनि त्यस अनुसारको प्रतिफल पाउन नसकको भन्दै विदेशी पर्यटक ल्याउन विदेशमा नेपालको प्रचार गर्नुपर्नेमा जोड दिए।

संस्कृतिसहितको पर्यटन विकास आवश्यकः मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देशको आर्थिक समृद्धिको ठुलो खम्बा पर्यटन क्षेत्र भएकाले यसको प्रवर्द्धन र विकासमा सबै सक्रिय भएर लाग्नुपर्ने बताएका छन्।

पर्यटन क्षेत्र पोखराका होटलको अग्रिम बुकिङ उत्साहप्रद छैन

अहिले पर्यटकीय सिजन सुरु भइसकेको छ। पर्यटन व्यवसायीले फेब्रुअरी–अप्रिललाई पर्यटन क्षेत्रमा दोश्रो सिजन मान्छन्।

पर्यटनमन्त्रीलाई व्यवसायीको प्रश्नः कहिले हुन्छ अन्तरराष्ट्रिय उडान?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग पोखराका पर्यटन व्यवसायीले अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानलगायत पर्यटनका विविध विषयमा प्रश्न गरेका छन्।

प्राधिकरणलाई पर्यटन मन्त्रीको प्रश्नः पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्दैन भने किन बनाएको?

पोखरालाई अन्तर्राष्ट्रिय उडानमार्फत बाह्य मुलुकसम्म जोड्नका लागि सरकारले कुटनीतिक रुपमा पहल गरिरहेको अवस्थामा नेपालको हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग कार्ययोजना मागेको पर्यटनमन्त्री सुदन किराँती बताउँछन्। किराँती पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कुनैपनि हालतमा पूर्ण आकारमा संचालनमा ल्याउनुपर्ने बताउँछन्। किराँती भन्छन, ‘विमानस्थललाई घाम तपाएर राख्ने होईन। घाम तापेर जनताको पैसा सुकाउन पाँइदैन।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्दैन भने किन बनाएको भनेर प्राधिकरणप्रति मन्त्री किराँतीले प्रश्न पनि तेर्साएका छन्।

विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन शिलान्यास

सोमबार विराटनगर विमानस्थल परिषरमा आयोजित कार्यक्रममा मन्त्री किराँतीले नयाँ टर्मिनल भवनको शिलान्यास गरेका हुन्।

राष्ट्रिय सहमति अहिलेको आवश्यकता: राज्यमन्त्री श्रीपाली

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले अहिले मुलुकको हितका लागी राष्ट्रिय सहमति आवश्यक रहेको बताएकी छिन्। स्थायित्व र दीर्घकालीन सरकारका लागी राष्ट्रिय सहमति आजको आवश्यकता रहेको उनले बताइन्।

पर्यटन बोर्डको नक्कली स्ट्याम्प र लेटरहेडमार्फत् भारतीय गायकलाई निम्तो गर्नेमाथि कारबाही गर्न माग

बोर्डले शुक्रबार एक सूचना जारी गर्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीको डिजिटल प्रतिलिपि हस्ताक्षर भएको बोर्डको नक्कली स्ट्याम्प र कम्प्युटरद्वारा निर्मित लेटर हेड प्रयोग गरी भारतीय गायकलाई २३ जनवरी, २०२३ मा पठाइएको पत्रप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्