२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पूर्व राजदूतहरू भन्छन्-‘पर्यटन प्रवद्र्धनका लागि ब्राण्डिङ गनुपर्छ’

नेपालको पर्यटन प्रवद्र्धनको लागि पूर्वाधारको विकाससँगै देशको ब्राण्डिङ गर्नुपर्नेमा पूर्व राजदूतहरूले बताएका छन्। नेपालमा पर्यटनको व्यापक सम्भावना रहे पनि त्यस अनुसारको प्रतिफल पाउन नसकको भन्दै विदेशी पर्यटक ल्याउन विदेशमा नेपालको प्रचार गर्नुपर्नेमा जोड दिए।

नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ र युरोप–नेपाल चेम्बर अफ कमर्स फर टुरिजमको आयोजनामा सोमबार आयोजित नेपालको पर्यटन उद्योगको विकास र सफलताका लागि सहकार्य विषयक कार्यशालामा बोल्दै यस्तो धारणा राखेका हुन्। कार्यक्रममा पूर्व राजदूतहरू डा. सुरेशचन्द्र चालिसे, मोहनकृष्ण श्रेष्ठ, मधुरमण आचार्य, लक्की शेर्पा, डा. अन्जन शाक्य, रमेश कोइराला, पद्युम्न विक्रम शाह, युवनाथ लुइँटेल, दुर्गा भट्टराई, दीपक धिताल, झविन्द्र अर्याल लगायतले नेपालको आर्थिक विकासको लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै देश अनुसार बजारीकरणको रणनीति तय गर्न मन्त्रालय र बोर्डलाई सुझाब दिए।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पूर्व राजदूतहरूको सुझावलाई एकीकृत गर्दै मन्त्रालयले आगामी दिनमा नीतिगत व्यवस्था तथा आवश्यक सहकार्य गर्ने बताए। उनले नेपालको लागि कतै नक्कल गरिएको नभई मौलिक खालको पर्यटनमा जोड दिन समेत आग्रह गरे।  

पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले मन्त्रालय पर्यटन नीति तथा ऐन नै संसोधनको प्रक्रियामा रहेकाले ससोधनपछि कूटनीतिक क्षेत्र तथा व्यवसायीहरूका माग सम्बोधन हुने अपेक्षा गरिएको बताए।

नेपालको पर्यटन प्रवद्र्धनका लागि विभिन्न देशमा रहेर काम गर्दाका अवसर, चुनौती र समन्वयमा भएको कमीलाई समेटेर समग्र नेपालको पर्यटन प्रवद्धर्नमा अगाडि बढ्न सहज हुने अपेक्षाका साथ कार्यक्रम आयोजना गरिएको एनआरएनए, नेपाल पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष सोम सापकोटाले जानकारी दिए।

कार्यक्रममा बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले पर्यटन प्रवद्र्धनका लागि बोर्डले गरिरहेका कार्यबारे जानकारी गराउँदै नेपालको पर्यटन विकासको लागि नीतिगत स्पष्टता र एकद्वार प्रणालीमा जोड दिए। यस्तै कार्यक्रम पश्चात नेपालको पर्यटन प्रवद्र्धनका लागि समन्वय र सहकार्य गर्न १० बुँदे घोषणा पत्र समेत जारी गरिएको युरोप–नेपाल चेम्बर अफ कमर्स फर टुरिजमका संयोजक दीपेश शाक्यले जानकारी दिए।

प्रकाशित: ९ फाल्गुन २०७९ ०१:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App