१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नयाँ हिमाल आरोहण गर्न पूर्वाधार तयार

नयाँ हिमाल आरोहण अनुमति सम्बन्धमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका र पर्यटन विभागबीच छलफल भएको छ।

जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले सिन्धुपाल्चोकस्थित जुगल हिमशृङ्खलामा पर्ने ५ र ६ हजार मिटरमाथिका थप पाँच हिमालहरू आरोहण अनुमति प्राप्त गर्ने विषयमा छलफल भएको बताएका छन्।

नयाँ हिमालहरूको अनुमति प्राप्त गर्ने विषयमा पर्यटन विभागसँग छलफल गरेर मन्त्रीपरिषद्मा सिफारिस गरेको बताउँदै उनले नागरिकसँग भने ‘जुगल हिमशृङ्खलाभित्र रहेका विभिन्न पाँच र छ हजार मिटर माथिका हिमालहरू खोल्नुपर्ने विषयमा विभागसँग छलफल गरेर आरोहण अनुमति लिन मन्त्रालयमा सिफारिस गरी मन्त्रीपरिषद्मा पठाउन पहल गरिरहेका छौं। उनले थपे ‘हामीले पछिल्लो २ महिनादेखि पहल गरिरहेका छौं। हाम्रो यो अन्तिम गृहकार्य हो। अब एक डेढ महिनाभित्र सिफारिस गरेका हिमालहरूको आरोहण अनुमति प्राप्त हुन्छ होला।’

जुगल हिमाल शृङखलाभित्रको फूर्वी घेजु, ग्यालेज पिक र जुगल यांग्री हिमशृङ्खला आरोहणको लागि खुला भइसकेकोमा यसै हिमशृङ्खलाभित्र रहेका जुगल १, जुगल २, जुगल ३, जुगल ४ र जुगल ५ हिमालहरू खुला गर्न पर्यटन विभाग र जुगल गाउँपालिका अध्यक्षसहितको टोलीले मन्त्रीपरिषद्मा सिफारिस गरेको छ।

नयाँ हिमालहरूको आरोहणका लागि अनुमति लिने प्रक्रिया अन्तिम चरणमा रहँदा चैत महिनाभित्र हिमाल आरोहण खुला भइसक्ने बताउँदै अध्यक्ष स्याङ्बो भने ‘हामीले नयाँ हिमाल आरोहणको लागि पूर्वाधारहरू पनि तयार गरिरहेका छौं। बाटो निर्माण भइसकेको छ। बस्नका लागि ठाउँठाउँमा माउन्टेन हट बनिसकेको छ भने कतिपय बन्दै गरेका छन्। सरकारले अनुमति दिइरहँदा हामी पनि पूर्वाधार तयारी गरी गरिरहेका छौं।’

जुगल हिमशृङ्खलाको प्रबद्र्धन गर्न गाउँपालिकाले प्रचारप्रसार गरिरहेको अध्यक्ष स्याङ्बोले बताए। केही सयम अघिमात्र १ सय ९ जना स्थानीय युवतीहरूलाई जुगल हिमालको बेसक्याम्पसम्म पुर्‍याएर ट्रेकिङ गाइडको तालिम दिएको उनले बताए। ‘जुगल गाउँपालिकाको सहयोगमा विषेश गरी स्थानीय किशोरीहरूलाई केन्द्रित गरेर ट्रेकिङ गाइड तालिम दिइरहेका छौं । हामी पूर्ण तयारी र प्रचारप्रसारमा छौं। हिमाल आरोहण खुलेपछि यसले झन् तिव्रता पाउँछ’ अध्यक्ष स्याङबोले भने।

काठमाडौंबाट करिब १ सय ४० किलोमिटरको दूरीमा रहेको यस हिमशृङ्खलामा पर्ने हिमालहरूको आरोहण खुला भएको खण्डमा पर्यटन प्रबद्र्धन र विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।

प्रकाशित: २४ फाल्गुन २०७९ ०३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App