५ मंसिर २०८१ बुधबार
image/svg+xml

नेदरल्यान्ड्ससमक्ष निरिह नेपाली टोली, ६ विकेट गुमाउँदा १२१ रन

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले सय रन कटाउँदै गर्दा ६ विकेट गुमाइसकेको छ।

सय रन नकटाउँदै नेपालले गुमायो ५ विकेट, ऐरी १ रनमा आउट

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्यान्ड्सविरुद्ध जारी खेलमा नेपालका दीपेन्द्रसिंह ऐरी पाँचौ विकेटको रुपमा आउट भएका छन्।

नेपालका कप्तान पौडेल आर्यनको बलमा आउट

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेदरल्यान्ड्सले चौथो सफलता हासिल गर्दै कप्तान पौडेललाई आउट गरेको छ।

नेपालले गुमायो तेस्रो विकेट, अनिल ७ र मल्ल २ रनमा आउट

त्रिवी मैदान कीर्तिपुरमा जारी खेलमा नेदरल्यान्ड्सले नेपालका अनिल साह र कुशल मल्ललाई आउट गरेको हो।

नेपालविरुद्ध नेदरल्यान्ड्सलाई पहिलो सफलता, १७ रन बनाएर आशिफ आउट

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको नेपालले राम्रो सुरुआत गरेपनि आशिफ शेलाई पहिलो विकेटको रुपमा गुमाएको छ।

नेदरल्यान्ड्सले जित्यो टस, नेपालले पहिला ब्याटिङ्ग गर्ने

त्रिवि मैदान कीर्तिपुरमा अबको केहीबेरमा सुरु हुने आजको खेलमा नेदरल्यान्ड्सले टस जितेर नेपाललाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।

निफको ओपनिङ फिल्म : आनी छोइङ डोल्मा

चैत १ देखि ५ गतेसम्म चल्ने चलचित्र महोत्सवको ओपनिङ फिल्म आनी छोइङ डोल्माको जीवनीमा आधारित ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ डकुमेन्ट्री रहने नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) जनाएको छ।

फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाउने समिप मेटाको ह्वाइट ह्याटको पहिलो स्थानमा

सामाजिक सञ्जाल फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएको भन्दै नेपालका समिप अर्यालय पहिलो नम्बरमा परेका छन्।

३४ विमानस्थलमा नेपाल टेलिकमको ‘फ्रि वाइफाइ’

नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ः नेपाल र नेदरल्यान्ड्स भिड्दै

आजको खेलमा हालसम्म समान १–१ खेलमा जित हात पारेका नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

पर्यटक बढ्ने आसमा धमाधम होटल निर्माण

पर्यटक आगमन बढ्ने आशामा व्यवसायीले होटलमा धमाधम लगानी गरिरहेका छन्। व्यवसायीहरू सुविधा सम्पन्न तारे र बुटिक होटलहरूको सञ्चालन तथा निर्माण गरिरहेका छन्।

नेपाल समूह विजेता बन्दै वाफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा

गयराति भएको समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० ले पराजित गर्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

एमसिए–नेपालको पक्षमा फैसला: ‘ठेक्का बोलपत्र रद्द कानुनसम्मत’

सर्वोच्च अदालतले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालले ठेक्कासम्बन्धी बोलपत्र रद्द गर्नुलाई कानुनसम्मत भएको ठहर गरेको छ।

न्यु दिल्ली म्याराथनमा नेपालका दुई धावक

भारतको नयाँ दिल्लीमा हुने एपोलो टायर्स न्यु दिल्ली म्याराथनमा दुई भेट्रान धावक धर्म महर्जन र पुष्पलाल श्रेष्ठले दौडने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्