१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नेदरल्यान्ड्ससमक्ष निरिह नेपाली टोली, ६ विकेट गुमाउँदा १२१ रन

नेदरल्यान्ड्ससमक्ष नेपाली क्रिकेट टोली निरिह बनेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले सय रन कटाउँदै गर्दा ६ विकेट गुमाइसकेको छ।

राम्रै सुरुआत गरेको नेपाली टोलीले ५० रन कटाउँदै गर्दा ३ विकेट गुमायो। चौथो विकेटका लागि मैदान उत्रेका कप्तान रोहित पौडेल र ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले पारी सम्हाले पनि रन भने जोड्न सकेनन्।

कप्तान पौडेल आउट भएसँगै मैदान आएका दीपेन्द्र सिंह ऐरी र भिम सार्कीले पनि खेल्न सकेनन्।

निर्धारित ५० ओभरमध्य ३६ ओभरको खेल सकिँदा नेपालले ६ विकेट गुमाएर १२१ रन मात्रै बनाउन सकेको छ।

ओपनर ब्याट्सम्यान आशिफ १७, रोहित पौडेल १६, अनिल साह ७, कुशल मल्ल २, भिम सार्की शून्य, दीपेन्द्र सिंह ऐरी १ रनमा आउट भइसकेका छन्।

यसअघि नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले रवाफिलो जित हात पारेको थियो। नेदरल्यान्ड्सलाई नेपालले ९ विकेटले हराउँदै जित हात पारेकोमा आजको खेलमा नेपाली टोली निरिह देखिएको छ।

प्रकाशित: १३ फाल्गुन २०८० १२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App