५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

नेपाल समूह विजेता बन्दै वाफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा

नेपाल वाफ वुमेन्स च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। गयराति भएको समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० ले पराजित गर्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

साउदी अरबको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा भएको खेलमा सावित्रा भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल प्रहार गरिन् भने रेखा पौडेल र गीता रानालले समान एक–एक गोल गर्दै नेपाललाई जित दिलाइन्।

समूह ‘बी’ मा सबै तीन खेल जितेर अपराजित रहेको नेपालले अब सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता लेवानानसँग खेल्नेछ। नेपालसँग पराजित भएको प्यालेस्टाइन समूह  उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ। उसले सेमिफाइनलमा समूह ‘ए’ को विजेता जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल र लेबनानबीचको सेमिफाइनल मङ्गबलार हुनेछ। खेल प्रिन्स अबदुल्लाह अल फैजल स्टेडियममा खेलिने छ।

प्रकाशित: १३ फाल्गुन २०८० ०६:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App