आँगनमै धारा र हातमा फिल्टर: खुसीले गदगद स्थानीय
स्थानीय कल्पना भट्टराईका अनुसार घरमै धारा जडान भएपछि वर्षौँदेखिको समस्या समाधान भएको छ। पहिले घरमा धारा नहुँदा निकै सास्ती थियो, टाढाबाट बोकेर पानी ल्याउनुपर्थ्यो। अहिले घरमै पानी आउँदा धेरै सहज भएको छ।

