३ आश्विन २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

नेपालमा सुस्ताएको ‘हली’ बेलायतमा विशेष प्रदर्शन हुँदै

ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘हली’ बेलायतमा प्रदर्शन हुने भएको छ। चलचित्रलाई आइतबार, असोज ४ गते बेलायतको अल्डरसटस्थित प्रिन्सेस हलमा विशेष प्रदर्शनीका रूपमा देखाइने निर्माण पक्षले जनाएको छ।

नेपालमा प्रदर्शन भइरहेको ‘हली’लाई बेलायतमा रहेका नेपाली दर्शकमाझ पुर्‍याउने उद्देश्यले विशेष शो आयोजना गर्न लागिएको हो। बेलायतमा प्रदर्शनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको निर्माताद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठले जानकारी दिए।

छाउपडी प्रथालगायत सामाजिक विषयवस्तुको वरिपरि कथा बुनेको ‘हली’मा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीलगायत कलाकारको अभिनय छ।

चलचित्र साउन २२ गतेदेखि नेपालका हलमा प्रदर्शनमा आएको हो। यद्यपि नेपालमा भने ‘हली’ले अपेक्षित व्यापार गर्न सकेको देखिँदैन।

चलचित्र विकास बोर्डको विवरणअनुसार गत सातासम्म ‘हली’ले नेपालमा करिब २३ लाख ५० हजार रुपैयाँ मात्रै व्यापार गरेको छ।

प्रकाशित: ३ आश्विन २०८३ १७:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App