३ आश्विन २०८३ शनिबार
image/svg+xml
राजनीति

संविधान संशोधनको बहस अघि बढाऔँ : सांसद खरेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेलले संविधान निर्माण भएको ११ वर्ष पूरा भएको सन्दर्भमा संविधानको समीक्षा गर्नुपर्ने बताएका छन्।

संविधान दिवसको अवसरमा शुभकामना दिँदै खरेलले देश र जनतालाई केन्द्रमा राखेर संविधान कार्यान्वयनको समीक्षा गर्नुपर्ने बताएका हुन्।

उनले संविधानलाई चलायमान दस्तावेजका रूपमा व्याख्या गरेका छन्। साथै, संविधानका सबल पक्षलाई कायम राखेर कमजोरी सच्याउँदै संशोधनको बहस अघि बढाउनुपर्ने धारणा उनले राखेका छन्।

'संविधान दिवसको शुभकामना! संविधान निर्माणको ११ वर्ष भएको छ। देश र जनतालाई केन्द्रमा राखेर अब समीक्षा गर्नु पर्छ। संविधान चलायमान दस्तावेज हो। संविधानका सबल पक्षलाई कायम राखेर कमजोरी सच्च्याँउदै संशोधनको बहस अघि बढाऔं,' उनले भनेका छन्।

प्रकाशित: ३ आश्विन २०८३ ११:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App