२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत

कनककुमारी पोखरेल स्मृति प्रतिष्ठानले रावाबेँसी गाउँपालिकाका छ जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र चार जना उत्कृष्ट छात्रालाई नगदसहित पुरस्कृत गरेको छ।

पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलकी स्वर्गीय आमा कनककुमारी पोखरेल र दाजु डोरमणि पोखरेलको सम्झनामा सात लाखको अक्षयकोषबाट उनीहरूलाई जनही सात हजार प्रदान गरिएको हो।  

मङ्गलबार यहाँ आयोजित कार्यक्रममा सम्झना थापामगर, इन्द्रा परियार, लङ्कमाया मगर, शिवकुमारी पाण्डे, प्रमिला थापामगर र निर्मला श्रेष्ठलाई उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका पुरस्कार प्रदान गरिएको हो।  

यसैगरी, खार्पास्थित शारदा उच्च माध्यमिक विद्यालयमा कक्षा–११ मा अध्ययनरत नविना मगर तथा कक्षा–१२ की ललिता श्रेष्ठ, गोमा तामाङ र गीता विशखेंलाई अघिल्लो परीक्षामा सर्वाधिक अङ्क प्राप्त गरेबापत पुरस्कृत गरिएको हो। 

प्रकाशित: २८ माघ २०८२ ११:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App