२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

पहिलो हुन सकेनाैं भनेर कसैलाई होच्याउने र खिसी गर्ने नगरौं: हर्क

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टी निर्वाचनमा पहिलो शक्ति बन्न नसकेको भन्दै खिसीट्युरी गर्नेहरूलाई जवाफ फर्काएका छन्।

भर्खरै सम्पन्न निर्वाचनमा आफ्नो दलले पहिलो स्थान हासिल गर्न नसकेको विषयलाई लिएर अन्य ठूला दलका कार्यकर्ताले होच्याउने काम गरिरहेको औंल्याउँदै उनले त्यसो नगर्न चेतावनी दिएका छन्।

अरूलाई अपमानित गर्ने चरित्रले अन्ततः सम्बन्धित राजनीतिक दललाई नै धराशायी बनाउने उनको भनाइ थियो।

‘चुनावमा पहिलो स्थानमा आउन सकेन भनेर कसैले कसैलाई होच्याउने खिसी गर्ने नगरौँ ! यही चरित्रले पार्टी धरासायी बन्ने हो ! आज जितें भनेर धेरै नरमाउनु है !’ उनले सामाजिक संजालमा लेखेका छन्।

आम निर्वाचनमा साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीनवटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ।

अध्यक्ष साम्पाङ आफैं सुनसरी निर्वाचन क्षेत्र नम्बर-१ बाट निर्वाचित भएका छन्। त्यसैगरी, उनको पार्टीका तर्फबाट भोजपुर निर्वाचन क्षेत्र नम्बर-१ मा ध्रुवराज राई र खोटाङ निर्वाचन क्षेत्र नम्बर=१ मा आरेन राईले चुनाव जितेका छन्।

प्रकाशित: २५ फाल्गुन २०८२ १९:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App