प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ देशभरि करिब २५ प्रतिशत मतगणना भइरहँदा पाँच राजनीतिक दल ‘राष्ट्रिय दल’ बन्ने पक्का भएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म ५८ लाख ७५ हजार ३ सय ३२ मत गणना भएको छ। यो मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट अग्रस्थानमा देखिएको छ। रास्वपाले ४६ लाख ७१ हजार ७१६ मत प्राप्त गरेको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १५ लाख ७१ हजार ३७४ मत प्राप्त गरेको छ भने नेकपा एमालेले १३ लाख ७ हजार ८५३ मत ल्याउँदै तेस्रो स्थानमा छ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ५ हजार ९२४ मत प्राप्त गरेको छ। त्यसपछि श्रम संस्कृति पार्टीले ३ लाख ३० हजार ८२० मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ लाख ७ हजार ९२० मत प्राप्त गरेका छन्।
यो विवरण हेर्दा पाँच राजनीतिक दल राष्ट्रिय दल बनेका छन् भने राप्रपा पनि राष्ट्रिय दल बन्ने होडमा छ ।
हालसम्मको मतपरिणामअनुसार रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाले समानुपातिकतर्फ आवश्यक ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्दै राष्ट्रिय दल बन्ने दौडमा अग्रसर देखिएका छन्।
प्रतिनिधिसभामा राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्ने र समानुपातिकतर्फ कम्तीमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्ने कानुनी व्यवस्था छ।
हालको मतगणनाको प्रवृत्तिअनुसार रास्वपा, कांग्रेस र एमालेले प्रत्यक्षतर्फ सिट जितिसकेकाले उनीहरू राष्ट्रिय दल बने । त्यस्तै नेपाली कम्युनिस्ट पार्टी र राप्रपाले पनि समानुपातिकतर्फ तीन प्रतिशतभन्दा बढी मत ल्याउँदै राष्ट्रिय दलको हैसियत बनाएका छन् ।
यता श्रम संस्कृति पार्टीले पनि उल्लेख्य मत प्राप्त गर्दै थ्रेसहोल्ड कटाएको छ । सो पार्टीका अध्यक्ष हर्क साङ्पाङ सुनसरी–१ बाट बिजेता बनेका छन् ।
समानुपातिकतर्फ मतगणना जारी रहेकाले अन्तिम परिणाम आउँदासम्म दलहरूको मत अनुपातमा राप्रपा थपिन सक्ने देखिएको छ।
प्रकाशित: २५ फाल्गुन २०८२ १९:२९ सोमबार





