१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

३४ विमानस्थलमा नेपाल टेलिकमको ‘फ्रि वाइफाइ’

नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। त्यस सम्बन्धमा नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सहमति भएको छ।

टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र प्राधिकरणको तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

सहमतिपत्र अनुसार टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्रिवाइफाइ नेटवर्क जडान गर्नेछ भने नेपालभित्र सञ्चालित अन्य विमानस्थलहरूमा समेत चरणबद्ध रूपमा निःशुल्क इन्टरनेट सेवा सञ्चालन गर्ने जनाएको छ।

त्यसैगरी विमानस्थलभित्र यात्रुहरूलाई सजिलो हुने गरी उपयुक्त स्थानमा कम्पनीका सेवा सम्बन्धी जानकारी उपलब्ध गराउन सूचना तथा सहायता कक्ष स्थापना गरिने बताएको छ।

प्रकाशित: १३ फाल्गुन २०८० ०७:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App