१९ जेष्ठ २०८० शुक्रबार

प्राधिकरणले रोक्यो गुण एयरलाइन्सको उडान

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निजी क्षेत्रको गुण एयरलाइन्सको विमानको उडान रोक्ने निर्णय गरेको छ।

अब पाइलटले दैनिक आठ घन्टा उडान र आठ पटक मात्र अवतरण गर्न पाउने

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित बनाउन आगामी ग्रिस्मकालीन मौसम लागेसँगै नयाँ हवाई उडान व्यवस्था लागू गर्ने भएको छ।

‘अनुगमन र सेवा प्रदायक निकायलाई अलग्याऊ’

सेवा प्रदायक र नियमनकारी निकाय एउटै राखेर नेपाल वायु सेवा निगम ऐन, २०१९ मा नियामक र सेवाप्रदाय ( रेगुलेटरी र अपरेसनल) निकायलाई छुट्याएको छैन। दुवै निकाय एउटै हुँदा ‘स्वार्थ बाझिने’ विषय पनि उठिरहेको छ।

क्यानद्वारा नेपालमा सञ्चालित सबै एटिआर जहाजको प्राविधिक परीक्षण

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि जहाजको प्राविधिक विषयमा सर्वत्र चासो देखिएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका आन्तरिक उडानमा प्रयोग भइरहेका सबै एटिआर जहाजको प्राविधिक परीक्षण गरेको छ।

विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्न प्राधिकरणको निर्देशन

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्न निर्देशन दिएको छ।

वर्तमान हवाई नीति नै हवाई क्षेत्रको बाधकः महानिर्देशक अधिकारी

बुधबार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक अधिकारीले सरकारको हवाई क्षेत्र विकासको प्रतिवद्धता र राष्ट्रिय हवाई नीति कमजोर भएको कारण हवाई क्षेत्रको विकास हुन नसकेको बबताएका हुन्।

कुवेत एयरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने

गएको सोमबार मात्रै उक्त एयरले कुवेत–नेपाल चार्टर उडान सुरु गरेको नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए। उनका अनुसार कुवेत–नेपाल दुईतर्फी उडानका लागि करिब दुई महिनाअघि कूटनीतिक प्रक्रिया सुरु गरेको उक्त कम्पनीले सुरुआतमा चार्टर उडान सुरु गरेको हो।

निगमले यात्रुलाई बिचल्ली पारेको प्राधिकरणको आरोप

क्यानले सोमबार विज्ञप्ति जारी गर्दै निगमले आइतबार अनुमति नपाएको दिल्ली उडान गर्ने भन्दै यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोलाएर अलपत्र पारेको आरोप लगाएको हो।

ग्राउण्ड ह्याण्डलिङमा नेवानिको विकल्प खोज्दै नागरिक उड्डयन प्राधिकरण

उनले वायुसेवा निगममा हुँदै आएको राजनैतिक किचलोका कारण जुनसुकै बेला हवाई उडान सेवामा अवरोध हुनसक्ने भन्दै प्राधिकरणले उपयुक्त समयमा निर्णय गर्नेपनि बताए। महानिर्देशक अधिकारीले कुनैपनि वायुसेवा कम्पनीले साताको ३५ वटा उडान गरेबापत ग्राउण्ड ह्याण्डलिङ सेवा दिनसक्ने कानूनी व्यवस्था रहेको उल्लेख गरे।

प्याराग्लाइडिङ प्रतिबन्धबारे प्राधिकरण भन्छः ठूला जहाजको उडान सुरक्षामा सुधार भयो, तर प्याराग्लाइडिङमा भएन

सिजनको मुखमा प्याराग्लाइडिङ उडान बन्द हुँदा व्यवसायीले असन्तोष जनाईरहँदा नेपाल नागरिक उड्डयन प्राधिकरणले भने नेपालको समग्र हवाई उडानको सुरक्षाको लागि केहीदिन उडान रोक लगाएको बताएको छ। हवाई गतिविधिमा सुधार गर्ने क्रममा केहीदिनका लागि उडान बन्द गरेको प्राधिकरणले बताएको छ। प्राधिकरणका अनुसार पोखरामा आइतबार घटेको घटनाको अध्ययन गर्न टिम पनि गठन गरिएको छ। टिमले काम पनि थालिसकेको छ।

प्याराग्लाइडिङ उडान अनिश्चितकालीन बन्द:प्रतिबन्ध फुकुवा नगरे आन्दोलन गर्ने चेतावनी

राजुको दुर्घटनापछि पोखराको आकाशमा हुने गरेको प्याराग्लाइडिङ उडानमा निकै प्रश्न उब्जिए।

त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

नेपाल नागरिक उड्डययन प्राधिकरणले एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन नउडाउन एक सूचना प्रकाशित गरी जानकारी गराएको र उक्त सूचनाको अटेर गरेमा कानूनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारको लगानीमा बन्छः महानिर्देशक अधिकारी

निजगढ विमानस्थल विज्ञ समूहले दिएको सुझावको आधारमा सरकार र प्राधिकरण आफैँले बनाउने जिकिर गरे। उनले विमानस्थल बनाउन ६० प्रतिशत नेपाल सरकारले र ४० प्रतिशत प्राधिकरणले लगानी गर्ने विज्ञ समूहको समेत सुझाव रहेको बताए।

प्रधानमन्त्रीद्वारा निजगढमा दुई धावनमार्गसहितको विमानस्थल बनाउन निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले बाराको निजगढमा दुई धावनमार्ग ‘रनवे’ सहितको विमानस्थल निर्माण गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन्।

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्