२५ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

बाढी प्रभावित क्षेत्रका जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिने

बाढी प्रभावित क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिने भएको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले आपत्कालीन अवस्थामा रहेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी जरुरी सूचना जारी गरेको हो।

मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुको जीवन रक्षा प्राथमिकतामा रहेको जनाएको छ।

जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिला वा उनीहरूका परिवारले समयमै सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।

हवाई उद्धार तथा आवश्यक समन्वयका लागि मन्त्रालयले ९८५१२५५२५४ नम्बरको हटलाइन उपलब्ध गराएको छ।

प्रकाशित: २५ आश्विन २०८३ ११:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App