२५ आश्विन २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

नर्मल

लघुकथा

‘अब जेसुकै होस्, म जसरी पनि त्यही केटासँग नै विवाह गर्छु। अन्यथा म आत्महत्या गर्छु।’ गान्धारीले सबैका सामु भनिन्।

गान्धार नरेशले छोरीको हठका अगाडि केही नचल्ने देखेर कुलगुरुलाई आग्रह गर्दै भने, ‘गुरु, नेत्रहीन नै भए पनि हस्तिनापुरसँग सम्बन्ध गाँस्न पाउनु ठूलो कुरा हो तर यिनको ग्रहले पहिलो पति पिर्ने दशा शान्त पार्ने उपाय खोज्नुस्।’

गान्धारीको हठभन्दा पनि उनको ‘पति पिर्ने ग्रह’ शान्त पार्ने उपाय खोज्नु गान्धार नगरका पण्डितहरूको टाउको दुखाइको विषय भएको थियो। सबैको बैठकपछि गान्धारीको पहिलो विवाह बलि दिन योग्य बोकासँग सम्पन्न गराइयो। विवाहपछि बोकाको बलि दिइयो। गान्धारी विधवा भइन्। यो कुरा हस्तिनापुरमा थाहा भएन। पछि धृतराष्ट्रसँग धुमधामका साथ विवाह गरेर गान्धारी हस्तिनापुर गइन्।

महाभारतको यो एपिसोट युट्युबमा खोजेर रविले आमालाई देखाउँदै भन्यो, ‘भगवानकाे पालादेखि यस्तो कुरा चलिआएको छ। विधवाले विवाह गर्न हुन्थ्यो। जाबो लिभिङमा बसेकी केटीले विवाह गर्न हुन्न भनिसिन्छ। विधवा हैन नि! आजको जेनेरेसनमा यो त नर्मल हो नि, मामु।’

प्रकाशित: २५ आश्विन २०८३ ०८:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App