१५ वैशाख २०८१ शनिबार
image/svg+xml

‘थापालाई स्पष्टीकरण सोध्नु अख्तियार दुरुपयोग’

अन्नपूर्ण मिडियाका अध्यक्ष रामेश्वर थापालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले सोधेको स्पष्टीकरण पदीय अख्तियारीको दुरूपयोग रहेको मिडिया एलाइन्स नेपालको ठहर छ।

दुई सातादेखि अवरुद्ध हवाई उडान सञ्चालनमा

कोल्टी विमानस्थलमा शुक्रबारदेखि नियमित हवाई उडान हुन थालेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्न हिमाली तथा पहाडी जिल्लामा निर्देशनपछि बन्द भएको उडान सेवा फेरि सञ्चालन भएको नागरिक उड्डयन कोल्टी शाखाका प्रमुख वीरबहादुर बुढाले बताएका छन्।

प्राधिकरणले दुर्गम क्षेत्रको हवाई उडानमाथि लगाएको प्रतिबन्ध हटायो

नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम क्षेत्रको हवाई उडानमाथि लगाएको प्रतिबन्ध हटाएको छ।

कर्णालीको ‘हवाई प्रतिबन्ध’ फुकुवा हुने

नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्णालीको विमानस्थलमा साढे १२ बजेपछि नियमित यात्रु चार्टर उडान र कार्गो उडानमा बन्देज लगाउने निर्णय हट्ने भएको छ।

सिम्रिक एयरको उडानमा रोक, बदनियतपूर्ण तरिकाले अफवाह फैलाइयो-सिम्रिक

नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको उडानमा रोक लगाएको छ। प्राधिकरण र विभिन्न विमानस्थललाई तिर्नुपर्ने बक्यौता रकम नतिरेपछि सिम्रिक एयरको उडानमा साउन २६ गतेदेखि रोक लगाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बताए।

‘अप्रेसन आवर’ले कर्णाली मर्कामा

कर्णालीको हिमाली जिल्ला हुम्ला राष्ट्रिय सडक सञ्जालले जोडिएको छैन। हुम्ला पुग्न मात्रै होइन, दैनिक उपभोग्य वस्तुका लागि हवाई मार्ग एक मात्र विकल्प हो।

जुलाईदेखि सेप्टेम्बरसम्म अतिरिक्त समय उडान गर्न नपाइने

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हवाई यातायात विभागले उडान तालिका स्वीकृत गर्दा उडान हुने विमानस्थलको अपरेशन वायुसेवा कम्पनीको उडान तालिका स्वीकृत गर्ने निर्णय भएको छ।

हेलिकप्टर उडानमा कडाईः मनसुन अवधिभर ‘माउन्टेन फ्लाईट’ मा रोक

छोटो समयमा बारम्बार हेलिकप्टर दुर्घटनामा पर्न थालेपछि नेपालको हवाई सेवाको एकमात्र नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले यो मनसुन अवधिभरका लागि हेलिकप्टरको पर्वतीय उडानमा रोक लगाएको छ। यो बेला मनसुनको समय रहेको र यस्तोबेला उडान गर्दा कुनैपनि बेला जोखिम आउन सक्ने भएकोले उडानमा रोक लगाएको प्राधिकरणले बताएको छ।

स्पष्टीकरणको जवाफ नपठाएपछि दोस्रो स्पष्टीकरण

मन्त्रीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका विषयहरू संवेदनशील र गोपनीय समेत भएको उल्लेख गर्दै उनले र्साजनिक रूपमा स्पष्टीकरण मागेकोमा आफूले त्यसको जवाफ नदिने अडान लिएका थिए।

सरकारी निकायको चरम लापरबाहीः नक्सा पासबिनै अर्बौंका बहुतले भवन निर्माण

अरूलाई नियमअनुसार चल्न निर्देशन दिने जिम्मेवारीमा रहेका सरकारी निकायले नै काठमाडौं उपत्यकामा नियम मिचेर अर्बौं रूपैयाँ लगानीमा बहुतले भवन निर्माण गरेको पाइएको छ। भवन बनाउँदा काठमाडौं महानगरपालिकाबाट नक्सा पास गर्नुपर्ने भए पनि सरकारी निकायहरूले नै त्यसो नगरेको पाइएको हो।

प्राधिकरणले रोक्यो गुण एयरलाइन्सको उडान

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निजी क्षेत्रको गुण एयरलाइन्सको विमानको उडान रोक्ने निर्णय गरेको छ।

अब पाइलटले दैनिक आठ घन्टा उडान र आठ पटक मात्र अवतरण गर्न पाउने

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित बनाउन आगामी ग्रिस्मकालीन मौसम लागेसँगै नयाँ हवाई उडान व्यवस्था लागू गर्ने भएको छ।

‘अनुगमन र सेवा प्रदायक निकायलाई अलग्याऊ’

सेवा प्रदायक र नियमनकारी निकाय एउटै राखेर नेपाल वायु सेवा निगम ऐन, २०१९ मा नियामक र सेवाप्रदाय ( रेगुलेटरी र अपरेसनल) निकायलाई छुट्याएको छैन। दुवै निकाय एउटै हुँदा ‘स्वार्थ बाझिने’ विषय पनि उठिरहेको छ।

क्यानद्वारा नेपालमा सञ्चालित सबै एटिआर जहाजको प्राविधिक परीक्षण

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि जहाजको प्राविधिक विषयमा सर्वत्र चासो देखिएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका आन्तरिक उडानमा प्रयोग भइरहेका सबै एटिआर जहाजको प्राविधिक परीक्षण गरेको छ।

विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्न प्राधिकरणको निर्देशन

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक नबोल्न निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्