१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपालले गुमायो तेस्रो विकेट, अनिल ७ र मल्ल २ रनमा आउट

नेपालविरुद्ध नेदरलयान्ड्सले लगातार तेस्रो सफलता हासिल गरेको छ। त्रिवी मैदान कीर्तिपुरमा जारी खेलमा नेदरल्यान्ड्सले नेपालका अनिल साह र कुशल मल्ललाई आउट गरेको हो।

अनिललाई नेदरल्यान्ड्सका लिड बी किङ्गमाले आउट गरेका हुन् भने मल्ललाई आर्यन दत्तले आउट गरेका हुन्।

तेस्रो नम्बरमा ब्याटिङ्ग गर्न मैदान आएका अनिल ७ रनमै पवेलियन फर्केका छन्। चौथो नम्बरमा मैदान उत्रेका कुशल २ रन बनाएर आउट भएका छन्।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको नेपालले राम्रो सुरुआत गरेपनि आशिफ शेखलाई पहिलो विकेटको रुपमा गुमायो। आशिफलाई १७ रनमा नेदरल्यान्ड्सका किङ्गमाले नै आउट गरेका हुन्।

हालसम्म नेपालले १ विकेटको क्षतिमा १४ ओभर खेल्दै ५८ रन बनाएर खेलिरहेको छ।

प्रकाशित: १३ फाल्गुन २०८० १०:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App