२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

नेपालको सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला १ सय रुपैँयाले बढेर छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपैँया कायम भएको छ।

सामान्य विवादले गयो ज्यान

नाँचगानका क्रममा सामान्य विवाद हुँदा एक युवकले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा टीकापुर नगरपालिका–८ कालिमाटीका १८ वर्षका अनुप साउँद रहेका छन्। प्रहरीका अनुसार उनको भजनी नगरपालिका–३ ठेकीपुरका १९ वर्षका किरण साउँदले प्रहार गरेको चक्कु लागेर ज्यान गएको हो।

२५ वर्षदेखि करारमै जागिरी, अवकाश पाउँदा रित्तै हात

सरकारले श्रेणीवीहिन कर्मचारीहरूको स्थायी भर्ना नलिने निर्णय गरे पछि कार्यालय सहयोगी, सवारी चालक, हल्कारा, माली जस्ता कर्मचारीहरू लामो समयदेखि कारार तथा ज्यालादारीमै काम गर्दै आएका छन्।

बजार भीडभाड, किनबेच छैन

कोरोना संक्रमणले लामो समयदेखि थलिएको व्यवसायमा चाडवाडले केही चमक थपेको छ। तर पनि महँगी बढ्दा सोचेजस्तो कारोबार हुन नसकेको व्यवसायीको भनाइ छ। महँगी अचाक्ली हुँदा सर्वसाधारण मारमा छन्। हरेक चिजको भाउ बढेको सर्वसाधारणको गुनासो छ।

मिनिमार्टको अनुगमन

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा आइतबार कमलविनायकका तीनवटा मिनिमार्ट अनुगमन गरिएको छ।

मुख्यसचिवको कार्यकाल छोट्ट्याउन गृहकार्य

संसद्मा दुई वर्षअघि लगिएको संघीय निजामती सेवा ऐनको विधयेक सरकारले फिर्ता लिने निर्णय गरेको छ। उक्त विधेयकमा केही परिमार्जन गर्ने तयारी भएको स्रोतले बतायो।

मेडिसिटीको सिटी अफिस विशालनगरमा

ललितपुर नख्खुमा रहेको अस्पताल मेडीसिटीले आफ्ना नियमित बिरामीको चेक जाँचलाई अझ सहज बनाउन काठमाडौंको विशालनगर स्थित अरोगिन हेल्थ केयर प्रालिलाई आफ्नो सिटी अफिसको रूपमा स्थापित गरेको छ।

अझै खुलेनन् नाकाः पैदल यात्रीलाई खुकुलो, सवारी आवागमन बन्द

प्रशासनले औपचारिक रूपमा नाका नखोले पनि सीमा क्षेत्रमा भिडभाड देखिन थालेको छ। सामान्य किनमेलदेखि कामका लागि सर्वसाधारण ओहोरदोहोर गर्न थालेका छन्।

स्थानीय तहका कर्मचारीलाई गरिएको विभेदविरुद्ध मन्त्रालयमा धर्ना

स्थानीय तहमा लामो समय सेवा गरेका कर्मचारीहरुलाई लोकसेवाबाट स्थायी नियुक्ती भएका कर्मचारी व्यवस्थापन सम्बन्धी मापदण्ड (संशोधन सहित)२०७७ बमोजिम सरुवा गर्ने भनिए पनि कार्यान्वयन नगरेको भन्दै ज्ञापनपत्र बुझाएको सरोकार फोरमका धिरज स्याङ्तानले जानकारी दिए।

छिमेकीको छुरा प्रहारबाट युवाको मृत्यु

सामान्य घरायसी झगडामा छिमेकीको छुरा प्रहारबाट इटहरी वडा नं. ३ सुनौलो वस्तीमा शुक्रबार साँझ एक जना युवाको मृत्यु भएको छ। छुरा प्रहारबाट इटहरी वडा नं. ३ का २२ वर्षे राजु थापाको मृत्यु भएको हो।

ढुवानी भाडा सस्तिँदा नेपाललाई लाभ

नेपालतर्फ कन्टेनर ढुवानी गर्न निजी रेलसेवा कम्पनीलाई पनि बाटो खुलेपछि प्रतिस्पर्धाका कारण ढुवानी भाडा २५ देखि ३७ प्रतिशतसम्म घटेको छ।

अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशका भूभागमा आंशिक बदलीका साथै गण्डकी, कर्णाली र सुदूरपीश्चम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

तस्करीका सामान बोकेका दुई ट्रक नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जबाट चितवनतर्फ जान लागेका दुईवटा मालबाहक ट्रक नियन्त्रणका लिई राजस्व अनुसन्धान कार्यालय, पथलैयाको जिम्मा लगाएको जनाएको छ।

रोल्पामा घर भत्किँदा दुई जनाको मृत्यु

रातभरि परेको अविरल वर्षाका कारण घर भत्किँदा रोल्पामा दुई जनाको मृत्यु भएको छ। रोल्पा प्रहरीका अनुसार रोल्पा नगरपालिका – १० धवाङको बाम्लामा मध्यराति पुर्णबहादुर थापाको घर भत्किँदा करिब ५ वर्षीया बालिका र ७० वर्षीया गौरी थापाको मृत्यु भएको हो।

बैंकमा चोरी: लकरको पैसा जोगियो, सामान गायब

बिहीबार राति बैंकको शाखा कार्यालय मुल गेटको ताल्चा फोडेर चोरी गरेको पाईएको प्रहरीको भनाई छ। बैंकबाट एक थान ल्यापटप र कम्प्युटरका केही सामान मात्र चोरी भएको बैंकका शाखा प्रबन्धक सचितानन्द चौहानले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्