१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तस्करीका सामान बोकेका दुई ट्रक नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जबाट चितवनतर्फ जान लागेका दुईवटा मालबाहक ट्रक नियन्त्रणका लिई राजस्व अनुसन्धान कार्यालय, पथलैयाको जिम्मा लगाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयले जारी गरेको सूचना अनुसार आइतबार राति साढे ८ बजे वीरगन्ज महानगरपालिका–१४ मा पर्ने गण्डक सडक खण्डको बाटोबाट ना ३ ख ५१६५ र ना३ ख ५५२५ नम्बरको मालबाहक ट्रकहरू नियन्त्रणमा लिइएका हुन।

पुराना मितिको प्रज्ञापनपत्र लिएर र सो प्रज्ञापनपत्रमा उल्लिखित मालवस्तुको सट्टा भन्सार छली चोरीपैठारी गरी ल्याएको लत्ताकपडा लगायत अन्य वस्तु लोड गरी चितवनतर्फ लग्दै गरको भन्ने प्राप्त सूचना अनुसार कार्यालयबाट खटिएको टोलीले ती ट्रक रोकी जाँच गर्ने क्रममा चालकहरू गाडी छाडेर फरार भएको सूचनामा उल्लेख छ। ट्रकहरूलाई वेवारिसे अवस्थामा नियन्त्रणमा लिई कार्यालयमा ल्याइएको जिल्ला प्रहरी पर्साले जनाएको छ। गडिमा भएको मालबस्तु भन्सारको प्रज्ञापनपत्रहरूसंग मेल नखाएको र बिल बिजकहरू फरक रहेको प्रहरीको दाबी छ। 

प्रकाशित: २४ भाद्र २०७८ ०४:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App