६ आश्विन २०८१ आइतबार
image/svg+xml

कांग्रेसलाई कसैको बैसाखी चाहिँदैन: शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसलाई कसैको बैसाखी लिएर अगाडी जानुपर्ने आवश्यकता नभएको बताएका छन्।

इलामको सूर्याेदयमा कांग्रेसले चुनावी गठबन्धन नगर्ने

सूर्याेदय नगरपालिकास्थित नेपाली कांग्रेसले नगरमा आउँदो चुनावका लागि अन्य दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ।

केन्द्रमा मेल, स्थानीय तहमा बेमेल

माओवादी केन्द्रले यसअघि जितेका सबै स्थानीय तहमा आफ्नो दाबी गरेको छ। कांग्रेसले पनि यसअघि जितेका र निकट भएर हारेका स्थानीय तहमा पनि दाबी गरेको छ। त्यसैगरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) ले पनि यस्तैखाले दाबी गरेको छ। कांग्रेस र माओवादी दुवैले नेकपा एसलाई सहयोग गर्ने अवस्था भए पनि केही खास स्थानमा भने असहयोग हुने अवस्था रहेको छ।

चुनावको मुखमा कांग्रेस सप्तरीको विवाद उत्कर्षमा

नेपाली कांग्रेस सप्तरीको निर्वाचनमा पराजित उपसभापति रामकुमार यादवलाई केन्द्रीय निर्वाचन समितिले डेढ महिनापछि विजयी घोषणा गरेपछि स्थानीय चुनावको मुखमा कांग्रेस विवाद उत्कर्षमा पुगेको छ।

नेपालगन्ज उपमहानगरपालिको मेयरमा कांग्रेसका १४ आकांक्षी

नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयर बन्न नेपाली कांग्रेसका आकांक्षी दौडधुपमा लागेका छन्।

गठबन्धनले एमालेसँग चुनावी तालमेल गर्दैन: प्रवक्ता महत

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुबीचनै प्रतिस्पर्धा हुन सक्ने बताएका छन्।

सुनकोसी गाउँपालिकामा कांग्रेसले गठबन्धन नगर्ने

सुनकोसी गाउँपालिकास्थित नेपाली कांग्रेसले गठबन्धन अस्विकार गर्ने भएको छ। गठबन्धन विना नै नेपाली कांग्रेस बलियो पार्टी रहेको भन्दै गाउँपालिका भित्रका सात वटै वडाका सभापतिहरुको भेलाले गठबन्धन नगर्ने निर्णय लिएको हो।

तालमेलमै लाग्न निर्देशन

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्न नसकिने निर्णय कांग्रेसका स्थानीय समितिले गर्न थालेपछि निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले संघीय सत्ता गठबन्धनलाई जोगाउँदै प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म पुग्न पनि स्थानीय चुनावमा तालमेल आवश्यक रहेको औंल्याएको छ।

कांग्रेस काम गर्ने पार्टी होः प्रवक्ता डा. महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेस गफ गर्ने नभई काम गर्ने पार्टी भएको बताएकाे छ।

तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउनुस्ः नेता डा.कोइराला

नयाँ वर्ष २०७९ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यो वर्ष चुनावी वर्ष भएकाले तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउने अभियानमा सबै लाग्नुपर्ने बताएका हुन्।

संविधानको रक्षाका लागि गठबन्धनः नेता सिंह

आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले झण्डै दुई तिहाइ नजिकको सरकारले दुई/दुई पटक संसद् भङ्ग गरेपछि बनेको गठबन्धनले संविधान रक्षाका लागि र प्राप्त उपलब्धि जोगाएको बताए।

कांग्रेसको घोषणापत्र अन्तिम चरणमा

मस्यौदाउपर बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यबाट प्राप्त सुझाव र केन्द्रीय कार्यसमितिका सदस्य समेतबाट आगामी वैशाख २ गतेभित्र प्राप्त हुने सुझावलाई समाविष्ट गरेर तयारी समितिले अन्तिम रूप दिने गरी पारित गरिएको छ।

स्थानीय निर्वाचनको घोषणापत्र मस्यौदा तयारः कांग्रेस

नेपाली कांग्रेसले स्थानीय निर्वाचनको घोषणापत्र मस्यौदा तयार भइसकेको बताएको छ।

निर्वाचन आयोगलाई निर्देशिका सच्याउन डा. देउवाको आग्रह

नेपालको संविधानको धारा, ३८ (४) लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेको अवगत गराउँदै निर्वाचन आयोगले उम्मेदवारीका विषयमा हालै गरेको निर्णय सच्याउन डा देउवाले आग्रह गरेकी हुन्।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

पार्टी केन्द्रीय कार्यालय ललितपुरमा दिउसो बस्ने बैठकले स्थानीय तह निर्वाचनको घोषणापत्रलाई अन्तिम रुप दिइने बताइएको छ। बैठकमा सत्ता गठबन्धन दलबीच तालमेलमा स्थानीय तशबाट आएका दवाव र समस्याका विषयमा पनि छलफल हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्