४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसको घोषणापत्र अन्तिम चरणमा

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र अन्तिम चरणमा पुगेको जनाएको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकमा समितिका संयोजक महामन्त्री गगनकुमार थापाले ‘नेपाली कांग्रेस स्थानीय तह निर्वाचन घोषणापत्र’को प्रारम्भिक मस्यौदा प्रस्तुत गरेका थिए।

मस्यौदाउपर बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यबाट प्राप्त सुझाव र केन्द्रीय कार्यसमितिका सदस्य समेतबाट आगामी वैशाख २ गतेभित्र प्राप्त हुने सुझावलाई समाविष्ट गरेर तयारी समितिले अन्तिम रूप दिने गरी पारित गरिएको छ।

यसैगरी बैठकले नयाँ वर्ष २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव र जीवन परियार तथा सदस्यहरू विजयकुमार गच्छदार, चित्रलेखा यादव, डा रामशरण महत, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, डा नारायण खड्का, जिपछिरिङ लामा र एनपी साउँदले आ–आफ्नो धारणा राखेका थिए।

प्रकाशित: १ वैशाख २०७९ ०२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App