coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

स्थानीय तहको निर्वाचन, उम्मेदवार चयन र पार्टीको चुनावी घोषणापत्रका विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार (आज) बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय ललितपुरमा दिउसो बस्ने बैठकले स्थानीय तह निर्वाचनको घोषणापत्रलाई अन्तिम रुप दिइने बताइएको छ। बैठकमा सत्ता गठबन्धन दलबीच तालमेलमा स्थानीय तशबाट आएका दवाव र समस्याका विषयमा पनि छलफल हुनेछ।

आजको बैठकमा संस्थापनइतर समूले सरकारका कामकारवाहीका विषयमा पनि प्रश्न उठाउने बताइएको छ। संस्थापनइतर समूहको नेतृत्व गरिरहेको डा. शेखर कोइराला पक्षका नेताहरुले गभर्नरमाथिको कारवाही र अर्थमन्त्री परिवर्तनको विषयलाई पनि उठाउने भएका छन्।

बैठकमा जानुअघि कोइराला पक्षका नेताहरुले सामुहिक छलफल गरी बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयहरु तयार गर्ने भएका छन्। बुधबार विहान कोइराला पक्षका नेताहरुले आजको बैठकमा प्रस्तुत गर्ने एजेण्डा तयार गर्ने बताइएको छ।

स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता र औचित्यताका आधारमा मात्रै तालमेल गर्नुपर्ने पक्षमा रहँदै आएका कोइरालाले यसअघिनै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग विभिन्न प्रश्नहरु उठाउँदै आएका छन्।

प्रकाशित: ३० चैत्र २०७८ ०३:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App