९ आश्विन २०८१ बुधबार
image/svg+xml

वीपीका पदाधिकारीहरुलाई आचरण सम्बन्धी कारबाही गर्न कार्यदलको सिफारिस

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या पहिचान तथा छानबिन कार्यदलले चारै जना पदाधिकारीहरूलाई आचरण र व्यवहार सम्बन्धमा कारबाही गर्न सिफारिस गरेको छ।

काठमाडौं–रक्सौल रेलमार्ग अध्ययनः मन्त्री नियुक्तिपछि समझदारी

सरकार फेरिएसँगै काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर रोकिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले समयमै भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त गर्न नसक्दा समझदारीपत्रमा हस्ताक्षर पछि धकेलिएको हो।

कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्रीले रोके डाक्टर जागेश्वर गौतमको सरूवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा.जागेश्वर गौतमको सरूवा रोकेका छन्।

मन्त्रिपरिषद् विस्तारमा विलम्ब

दलीय सहमतिमा सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने बताइए पनि साँझसम्म कुन दलले कति र कुनकुन मन्त्रालय पाउने भन्नेसमेत टुंगो लाग्न नसकेको स्रोतको दाबी छ। सत्तारुढ दलभित्र मन्त्रीका आकांक्षी बढी हुँदा शीर्ष नेताहरूले आफूलाई समस्या रहेको भन्दै मन्त्रालयको संख्या थप्न माग गर्दै आएका छन्। तर, सबै दलभित्रको समस्या उस्तै हुनुका साथै एमाले नेता माधवकुमार नेपाल पक्षको सहभागिताको विषयले पनि सरकार विस्तारमा ढिलाइ भएको छ।

च्यातिएको संविधानका प्रधानमन्त्री?

आश्चर्यको तथ्य के देखियो भने जसले टाउकाको मोल तोकेको थियो र जसको टाउकाको मोल तोकिएको थियो, ती दुवै एउटै गठबन्धनमा छन्।

नेपाल सहकारी बैंक खोल्न प्रधानमन्त्री सकारात्मक

भेटका अवसरमा विभागका सचिव सुरेन्द्र भण्डारीले प्रधानमन्त्रीलाई विभागले गरेका कामका साथै भावी योजना र कार्यक्रमबारे जानकारी गराए। भेटमा ‘नेपाल सहकारी बैंक’ खोल्ने जानकारी गराएको सचिव भण्डारीले बताए।

मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट नेतृत्वको सरकारनै चाहिन्छः केपी ओली

उनले पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मदन भण्डारी जस्ता नेताहरुले देखाएको बाटोबाट आफ्नो पार्टी अघि बढ्ने पनि बताए।

माधव नेपालप्रति ओलीको आक्रोशः बामपन्थी सरकार ढाल्नेलाई पार्टीमा ठाउँ छैन

'बामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने, दक्षिण पन्थीको पक्षमा फ्लोर क्रस गरेर मत हाल्ने, आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गएर पार्टीको सरकार ढाल्ने, अनि दक्षिणपन्थी सरकार बनाएर फ्लोर क्रस गर्ने,' अध्यक्ष ओलीले माधव नेपालप्रति आक्रोश पोख्दै भने, 'यस्ता प्रतिक्रियावादीहरुका मतियारका लागि पार्टीमा ठाउँ छैन।'

श्रमिकको पैसामा जनप्रतिनिधिको आँखा: प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा अनियमितता भएको भन्दै उजुरी

मालारानी गाउँपालिका वडा नम्बर–४ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको पैसामा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ।

प्रधानमन्त्रीलाई चिनियाँ समकक्षी लीको बधाई

चिनियाँ प्रधानमन्त्री लिले प्रधानमन्त्री देउवासँग काम गर्न चाहेको र नेपाल चीन रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन चाहेको सन्देश पठाएका छन्। यसअघि नेपालका लागि चिनियाँ राजदूत याङछीले प्रधानमन्त्री देउवालाई भेटेर बधाई तथा शुभकामना दिएकी थिइन्।

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

प्रधानमन्त्री देउवासँग मेलम्चीका बाढी प्रभावितको माग

प्रधानमन्त्री शेरबहादुर देउवासँग मेलम्ची बाढी प्रभावितले मेलम्ची वरपरका क्षेत्रमा तत्काल तटबन्धको व्यवस्था मिलाउन माग गरेका छन्।

प्रधानमन्त्रीलाई राष्ट्रिय व्यावसायिक पहलको शुभकामना

भेटमा उनले संस्थाले गर्दै आएका पहलबारे प्रधानमन्त्रीलाई जानकारी दिए। सरकारले सबै नेपालीलाई खोप उपलब्ध गराउन गरेको प्रतिबद्धताप्रति खुसी व्यक्त गर्दै यसलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढाउन जोशीले आग्रह गरे।

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्