८ वैशाख २०८१ शनिबार
समाज

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ। झापा मेचीनगर नगरपालिका-६ बस्ने सोमप्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको हाे।  

घिमिरेले राष्ट्रपति तथा प्रधानमन्त्रीको फोटो इडिट गरी ट्रोल भिडियो बनाई सामाजिक सञ्जाल टिकटकमा पोष्ट गरी चरित्र हत्या गरेको अनुसन्धानबाट खुल्न आएपछि प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा उनलाई पक्राउ गरेको हो।  

उनीमाथि जिल्ला अदालत काठमाडौंबाट शुक्रबार ७ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ।

प्रकाशित: १० श्रावण २०७८ १२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App