१५ माघ २०८२ बिहीबार
image/svg+xml
शिक्षा

विद्यार्थीको सिर्जनात्मक प्रतिभा

इटहरीको कस्तुरी एकेडेमी कक्षा सातमा अध्ययनरत छात्रा प्रनिशा न्यौपानेको समूहले संकलन गरेर प्रदर्शनमा राखेका सामग्रीप्रति विहीबार उपस्थित अभिभावक तथा आगन्तुक पाहुनाको ध्यान तानेको थियो ।  

न्यौपानेको समूहले ढिकी, जातो, दुध जमाउने ठेकी, पिरा, बत्ती बाल्ने कुपी, ओखलीजस्ता सामग्री संकलन गरेर प्रदर्शनीमा राखेका थिए । कस्तूरी एकेडेमीको अभिभावक दिवसको अवसरमा न्यौपानेको समूहले दुई दिनेसम्म ती सामग्री राखेर नयाँ पुस्तालाई जानकारी समेत गराइएको थियो ।  

शैक्षिक प्रदर्शनीमा पुराना पुस्ताले प्रयोग गर्ने सामग्री नयाँ पुस्तालाई जानकारी दिन पनि राख्दा अवलोकनकर्ताको ध्यान खिचेको पाइयो । पछिल्लो समय नयाँ पुस्ताले पुरानो पुस्ताले प्रयोग गर्ने सामग्री विषयवस्तुमा अध्ययन गर्ने गरेतापनि वास्तविक रुपमा देखाउन विद्यार्थीले मिहिनेत गरेर विभिन्न स्थानबाट ती सामग्री संकलन गरेर प्रदर्शनमा राखेको कस्तूरी कलेज अफ मेनेजमेन्टका प्रिन्सिपल एवम् सञ्चालक कमलेश शर्मा पौडेलले बताए । उनका अनुसार विद्यार्थीलाई कक्षामा सिकेको सैद्दान्तिक ज्ञानलाई व्यवहारिक रुपमा अभ्यास नै गराउनका निम्ति गरिएको शैक्षिक प्रदर्शनी गरिएको हो ।  

पछिल्लो समय इटहरीमा सञ्चालित अधिकतर शैक्षिक संस्थाले अभिभावक दिवस तथा वार्षिकोत्सवको अवसरमा विद्यार्थीको प्रतिभा प्रस्तुत गर्न सिर्जनात्मक कार्य गर्ने गरेका छन् । विभिन्न साना परियोजना कार्य गर्दा सिक्न प्रेरित हुने कक्षा ९ मा अध्ययनरत शान्वी रौनियारले बताइन् ।  

विद्यार्थीले सामाजिक सचेतनासँगै विभिन्न विज्ञान प्रविधि, मानव स्वास्थ्यलाई लाभ पुग्न खानपान, सूचनालगायतका महत्वपूर्ण सन्देश दिने स्टल राखेका थिए । अभिभावक दिवस अन्तर्गत कस्तूरी एकेडेमीले बुधबार नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीको विभिन्न प्रतिभा प्रस्तुती र विहीबार कक्षा ४ देखि १० सम्मका विद्यार्थीको प्रतिभा प्रस्तुती प्रदर्शन गरेको हो । कार्यक्रमका अवसरमा रंगकर्मी सुन्दर बस्नेत, पत्रकार अर्जुन सुवेदी, प्रमिला राई, साहित्यकार रीता ताम्राकार र महिला सशत्तीकरणका लागि योगदान गर्ने उर्मिला चौधरीलाई सम्मान गरियो ।  

 

प्रकाशित: १५ माघ २०८२ १९:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App