१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

रोल्पा जलजला महोत्सव सुरु

रोल्पा सदरमुकाम लिवाङमा ‘रोल्पा जलजला महोत्सव २०८२’ सुरु भएको छ । स्थानीय सनस्टार युवा क्लवको आयोजनामा १० दिन सम्म चल्ने महोत्सवको बिहीबार एक औपचारीक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । ‘कृर्षि, पर्यटन, उद्योग, खेलकुद र कला संस्कृतिको बिकास हाम्रो अभियान रोल्पाको बिकासमा हामि सबैको हातेमालो र जागरण’ भन्ने नाराका साथ महोत्सव सुरु गरिएको हो ।

महोत्सव आयोजक संस्था सनस्टार युवा क्लवका अध्यक्ष तथा रोल्पा नगरपालिकाका पूर्वनगर प्रमुख पूर्ण केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन स्थानीय जेष्ठ नागरिक टिकाबहादुर जिसीले गरेका थिए । राजनितिक दलका जिस्ला स्तरीय नेतृत्व, समाजसेवी, पत्रकार लगायत सयौ स्थानीयको उपस्थितीमा रोल्पा सदरमुकाम लिवाङको टुडिखेलमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

कला संस्कृतीको जगेर्ना गर्दै रोल्पाको पर्यटन विकास एंवम कृर्षिबाट उत्पादित र लघुघरेलु तथा साना उद्योगबाट उत्पादन भएका स्वदेशी वस्तुहरुको गुणस्तरियता पहिचान गराई उत्पादित वस्तुलाई रोल्पा सहित राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा व्यापारको वातारवरण सँगै रोल्पाको विकास र समृद्धिमा महत्वपूर्ण योगदान रहने आयोजकले विश्वास गरेको छ ।  

साथै जिल्लाको विभिन्न पर्यटकीय क्षेत्रको प्रचारप्रसार, कृषि र घरेलु उद्योगको उत्पादनको बजारीकरणमा प्रगती, व्यावसायीक गतिविधिहरुमा बढोत्तरी र कला, संगित, साहित्य, खेलकुद लगायतका क्षेत्रको समेत विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष केसीले बताए ।  

राष्ट्रिय तथा स्थानीय कलाकारको सास्कृतीक प्रश्तुती रहने महोत्सवमा स्थानीय सस्कृतीको पनि प्रबद्धन गरिने आयोजकले बताएको छ । महोत्सव स्थलमा दर्जनौ स्टलहरु राखेर ब्यबसाय संचालन गरिएको छ भने रमाईलो मेला पनि संचालन हुनेछ । 

प्रकाशित: १५ माघ २०८२ १९:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App