२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

जेनजी आन्दोलनका घाइतेको सूचीकरण भोलिसम्म गर्नुपर्ने

फाइल तस्बिर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भएकाको सूचीकरण तथा वर्गीकरण/पुनर्वर्गीकरण भोलिसम्म (१५ गते शुक्रबार) सम्म गर्न आग्रह गरेको छ।

विभिन्न स्वास्थ्य संस्थामा उपचार गराइरहेका घाइतेको आवश्यक विवरण भोलिसम्ममा नआएमा घाइतेको सूचीमा समावेश गर्न कठिनाइ हुने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार गृह मन्त्रालयको पत्र र समन्वय समितिको निर्णयअनुसार घाइतेको उपचार र राहतलाई प्रभावकारी बनाउन सूचीकरण तथा वर्गीकरणको कामलाई तीव्रता दिइएको हो। यसअघि नै लामो समयदेखि उक्त काम जारी रहेकाले अब अन्तिम म्याद तोकी प्रक्रिया टुंग्याउन लागिएको मन्त्रालयले स्पष्ट पारेको छ।

फागुन १ देखि १५ गतेभित्र विधिपूर्वक प्राप्त निवेदनउपर छानबिन गरी घाइतेको अन्तिम नामावली प्रकाशन गरिने छ। 

प्रकाशित: १४ फाल्गुन २०८२ १५:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App